Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जोर्डन युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाह हुँदै

डेक्स

डेक्स

जोर्डन युवराज हुसैनको साउदी अरबकी युवतीसँग विवाह हुँदै
ADVERTISEMENT

नेपालगन्ज । जोर्डनका युवराजको एक साउदी महिलासँग विवाहको तयारी, यसका लागि हुने समारोह र दुवैको जीवनबारे मध्य–पूर्वमा मात्रै नभई पुरा विश्व भरी निकै रुचि देखिएको छ । 

हुन त जोर्डनका युवराज शहजादा हुसैन बिन अब्दुल्लाह द्वितीय र साउदी आर्किटेक्ट रजवा अल सैफको विवाह जून १ मा हुँदै छ तर यसअघिका पारम्परिक समारोहका झलक सोसल मिडियामा आकर्षणको केन्द्र बनेको छ । 
यो जोडीको इन्गेजमेन्टको औपचारिक सरकारी घोषणा अघिल्लो वर्ष १० अगस्टमा गरिएको थियो र अब यस वर्ष मे र जूनमा उनीहरूको विवाहसम्बन्धी शाही समारोहका तयारी जोडतोडले जारी छ । 
शाही जोडीको विवाहको दिन जोर्डनमा सरकारी छुट्टी हुनेछ, समारोहमा विश्वभरिका चर्चित मानिसको सहभागिता हुनेछ । यस्तै, राजधानीमा अरब गायकको निःशुल्क कन्सर्ट पनि हुनेछ ।
जोर्डनका राजकुमार हुसेनले हालै एक कार्यक्रममा सोधिएको प्रश्नको जवाफमा रजवा अल सैफसँगको आफ्नो चिनजानको कथा अन्य प्रेमकथाभन्दा फरक नभएको र उनीहरूको भेटमा एक साझा साथीको हात रहेको बताए । 

हालै जोर्डनकी महारानी रानयाले विवाह अघि परम्परागत मेहन्दी पार्टीको आयोजना गरिन् । मेहन्दीको यस समारोहमा जोर्डन र साउदीका परम्परागत गीत गाइए र खुसी व्यक्त गर्न परम्परागत नृत्य पनि प्रस्तुत गरिएको थियो ।

यस अवसरमा रानी रानयाले भनेकी थिइन्, ‘हुसैन मेरो जेठो छोरा हो । उनी एक ९हाशमी कुलका ० नौजवान हुन् । अन्य आमाले झैँ मैले पनि उनलाई दुलहाको रूपमा हेर्ने सपना देखेको थिएँ । हुसैन तपाईंको छोरा हो, तपाईं उसको परिवार हुनुहुन्छ र यो समारोह तपाईंहरुको हो ।’

उनले भनिन्, ‘अन्ततः मैले एक बुहारी पाएँ तर उनी साधारण बुहारी होइनन् । भगवानले रजवाको रक्षा गरुन् । उनी मेरो लागि मेरा छोरीहरू ९इमान र सलमा० जस्तै मूल्यवान् छिन् ।’

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…