Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै

डेक्स

डेक्स

जैविक विविधता र जैविक मार्गमा लगानी बढ्दै
ADVERTISEMENT

नेपालगन्ज ।  बाँके राष्ट्रिय निकुञ्जमा रहेको जैविक विविधताका स्थान र जैविक मार्गको निर्मााणमा लगानी बढ्दै गएको छ । वन्यजन्तुलाई आवश्यक पर्ने पानीको अभाव हटाउन पोखरी निर्माणको कार्यक्रमका साथ त्यस्ता योजना अघि सारिएको हो । 
सुख्खा समयमा पानी नहुँदा निकुन्जभित्र रहेका वन्यजन्तु पानीको खोजीमा जङ्गल बाहिर जाने अवस्थाको अन्तय गर्न र वन्यजन्तुलाई संरक्षण गर्न तराई भू—परिधी (ताल) कार्यक्रममार्फत सो योजना अघि सारिएको हो । 
तराई भू—परिधी (ताल) कार्यक्रमका सह—निर्देशक कमलराज राईले चालू आर्थिक वर्षमा निकुन्जभित्र चार स्थानमा सोलार जडित पोखरी निर्माण भएको र कम्दी करिडोरको एउटा वनमा एक पोखरी सहित पाँच ताल निर्माण भएको जानकारी दिनुभयो । 
उहाँले जैविक विविधताको संरक्षण गर्न र वन्यजन्तुको बासस्थान सुरक्षित बनाउनेतर्फ ध्यान केन्द्रीत गरिएकोमा जोड दिँदै पर्यापर्यटन र जैविकमार्ग निर्माणमा समेत लगानी गरेको बताउनुभयो । 
‘यसको मुख्य उद्देश्य तालतलैयाबाट वन्यजन्तुलाई आवश्यक पर्ने पानी अभाव हटाउने र उनीहरुको बासस्थानलाई सुरिक्षत गर्नु हो’ सह—निर्देशक राईले भन्नुभयो ।  
वन्यजन्तुमैत्री संरचना निर्मााणमा उक्त कार्यक्रमले जोड दिएको उल्लेख गर्दै उहाँले संरक्षणका क्षेत्रमा प्रत्येक वर्ष लगानी बढाउदै लगेको जानकारी दिनुभयो । तालतलैया कार्यक्रम सहित विभिन्न उपकरण खरिदमा करिव रु २३ लाख खर्च भएको छ । 
सो खर्चमध्ये जलसेनी सिमसार क्षेत्रमा रु. ७५०००, गोठेरीमा भएको सोलार सहितको ताल निर्मााण्का लागि रु. ५ लाख, सिसीटिभीका लागि रु. ३ लाख खर्च भएको बताइएको छ । 
उक्त कार्यक्रममार्फत निकुन्जभित्र घाँसे मैदानको व्यवस्थापन, गस्ती गर्नका लागि चाहिने साइकल, सिसीटिभी लगायतका विभिन्न उपकरणको खरिदमा समेत सहयोग भएको छ । अहिले निकुन्जमा करिव ८० पोखरी रहेको निकुन्ज प्रशासनले जनाएको छ । 
तराई भू—परिधी (ताल) कार्यक्रममार्फत मानव र वन्यजन्तुबीचको द्धन्द्ध न्यूनिकरणका लागि वालापुुर क्षेत्रमा काम भएको छ । त्यसबाहेक सामुदायिक रुपमा संरक्षण कोष निर्माण गरेर वैकल्पीक आयआर्जनका कार्यक्रम समेत अघि बढाइएको सो कार्यक्रमले जानकारी दिएको छ । ‘विभिन्न प्याकेजमा विभिन्न प्रभाव रहने काम भएका छन ’उहाँले भन्नुभयो । 
अर्को बर्ष जलवायु परिवर्तन, तालको संरक्षण, वनजङ्गलको संरक्षण लगायतका योजना सङ्कलनपछि कार्यक्रम अघि सारिने बताइएको छ । 
वन्यजन्तुको निर्वाध आवागमन सुनिश्चित गर्न जैविक मार्गको निर्माण, स्थानीय बासिन्दा र वन्यजन्तुबीचको द्धन्द कम गर्न उपयुक्त संरक्षण व्वस्थापन रणनीति अपनाउन, मासिएका वा हराउदै गएका वन क्षेत्रको हैसियत वढाउन स्थानीय समुदायको सहभागिता वढाउन लगायतमा उक्त कार्यक्रमले सहयोग गर्दै आएको छ । सो कार्यक्रमले पाँच राष्ट्रिय निकुन्ज र बर्दियाको कृष्णसार संरक्षण क्षेत्रमा काम गर्दै आएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…