Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नरैनापुरबाट ल्याएको अवैध काठ बरामद

डेक्स

डेक्स

नरैनापुरबाट ल्याएको अवैध काठ बरामद
ADVERTISEMENT

नेपालगन्ज ।  गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाएर नेपालगञ्ज ल्याउँदै गरेको २६ थान सालको अवैध काठ सशस्त्र प्रहरीले बरामद गरेकोछ । बाँकेको नरैनापुर गाउँपालिकाबाट नेपालगन्जतर्फ ल्याउदै गरेको २६ थान अवैध सालको काठ सशस्त्र प्रहरी बल गंगापुरले नियन्त्रणमा लिएको हो । नरैनापुर वडा नम्बर–४ देखि गहुँ लोड गरिएको भे।१ त।६८०६ ट्याक्टरभित्र सालको २६ थान चिरान ९फ्रेम० सहित ट्याक्टरसमेत सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाही अघि बढाएकोछ । सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका सशस्त्र प्रहरी प्रवक्ता डीएसपी लक्ष्मण थापाका अनुसार विशेष सूचनाको आधारमा खानतलाशी गर्दा नरैनापुर–४ बस्ने छोट्टन खाँको गहुँ लोड गरिएको ट्याक्टरभित्र लुकाई छिपाई नेपालगन्जतर्फ ल्याउँदै गरेको उक्त अवैध काठ नरैनापुर वडा नम्बर–६ जमुनीबाट बरामद गरिएको हो । उहाँले अवैध काठ ओसारपसार भइरहेको भन्ने सूचना पाएपछि खानतलासीबाट काठ र ट्याक्टर नियन्त्रणमा लिइएको जानकारी दिनुभयो। सशस्त्र प्रहरीले उक्त काठ र ट्याक्टरलाई डिभिजन वन कार्यालय बाँकेमा आवश्यक कारबाहीका लागि बुझाएको छ । उक्त काठ कहाँबाट र कुन ठाउँ लैजादैँ गरिएको थियो सो कुरा अनुसन्धानबाट खुल्ने सशस्त्र प्रहरीले जनाएकोछ । यस्तै, ट्याक्टरमा लोड गरिएको गहुँ नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएकोछ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…