Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

त्रिभुवन विश्वविद्यालयसंग सूचना माग

डेक्स

डेक्स

त्रिभुवन विश्वविद्यालयसंग सूचना माग
ADVERTISEMENT

नेपालगन्ज २४ बैशाख । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज स्नातक तह कानून विषयका आशिंक विद्यार्थीले त्रिभुवन विश्वविद्यालयसंग सूचना माग गरेका छन । त्रिभुवन विश्वविद्यालयबाट सञ्चालन हुने कानून संकायलगायत विभिन्न विषयको स्नातक तहको परिक्षाको प्रश्नपत्र अंग्रेजी भाषामा मात्र प्रश्नहरु किन सोध्ने गरिएको त्यसको कुनै निति, कानून निर्देशिका छ छैन यदि छ भने त्यसको प्रमाणित प्रतिलिपी पाउँ भनेर सूचना माग गरिएको छ । 

सूचनाको हक सम्वन्धी ऐन २०६४ तथा नेपालको संविधान २०७२ को धारा २७ अनुसार विद्यार्थीहरुले परीक्षमा सहभागी विद्यार्थीहरुले उत्तरपुस्तिका नेपाली भाषामा लेख्ने व्यवस्था गरिएको भएपनि प्रश्न किन अंग्रेजी भाषामा मात्रै सोधिने गरेको ? नेपाली र अंग्रेजी दुबै भाषामा प्रश्न सोध्ने व्यवस्था किन नगरिएको हो त्यसको जानकारी पाउँ ? परीक्षामा सहभागी हुने अधिकाँस विद्यार्थीहरुले भाषाका कारण प्रश्न पत्र नबुझेर लेख्न नसकेर असफल भईरहको अवस्थालाई विश्वविद्यालयले यसबारेको समस्या समाधान गर्नेतर्फ के योजना बनाएको छ ? त्यसको पुर्ण विवरण पाउँ । र छिमेकी देश भारतमा स्नाकोत्तर परीक्षाहरुमा समेत अंग्रेजी र हिन्दी भाषामा प्रश्नपत्र सोधिने प्रावधानहरु रहेपनि नेपालमा राष्ट्रिय भाषाको रुपमा रहेको नेपाली भाषालाई किन मान्यता नदिएको त्यसबारे पुर्ण जानकारी पाउँ ? लगायतको सूचना माग गरिएको छ ।

कानून संकायका आशिंक विद्यार्थीहरु राकेशकुमार मिश्र, सुर्यलाल यादव, तारा प्रसाद खत्री, धु्रबराज शर्मा, शंकर प्रसाद न्यौपाने, रविन्द्र कुमार ज्ञवाली, अञ्जना चौधरी, कविता मण्डल र सोमनाथ थारुले सयुक्त रुपमा आज आईतबार सूचना माग गर्नुभएको छ । 

विश्वविद्यालयबाट अहिले कानून संकायको दोस्रो वर्षको आशिंक परिक्षा आजदेखि शुरु भएको छ । आइतबार पहिलो दिन सार्वजनिक अन्र्तराष्ट्रिय कानून विषयको परीक्षा भएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

उच्च तापक्रममा टिनको छानामुनि बालबालिका पढ्न बाध्य

निशु जोशी नेपालगन्ज, १६ जेठ पश्चिम नेपालको बाँके लगायतका जिल्लामा अत्याधिक गर्मी बढे…

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

विपन्न विद्यार्थिलाई शैक्षिक सामाग्री वितरण

बर्दिया, जेठ १५ । बर्दियाको मधुवन, गुलरिया नगरपालिका तथा बढैयाताल गाउँपालिकामा अध्…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

बाँकेमा कार्यसम्पादनमा ७१ सामुदायिक विद्यालय सामान्य

नेपालगन्ज, १० जेठ । बाँके जिल्लामा रहेका ८२ विद्यालय मध्ये कुनै पनि विद्यालय कमजोर र…