Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राजापुरमा बेपत्ता परिवारलाई भत्ता

डेक्स

डेक्स

राजापुरमा बेपत्ता परिवारलाई भत्ता
ADVERTISEMENT

नेपालगञ्ज ।  बर्दियाको राजापुर नगरपालिकाले स्थानीय रुपमा कार्यविधि बनाएर द्धन्द्ध पीडितलाई राहत वितरण गरेको छ ।

राजापुरका प्रमुख दिपेश थारुले आर्थिक वर्ष २०७९।०८० देखि बेपत्ता भएका १७ परिवारका पीडितलाई मासिक रु. २००० भत्ता वितरण गरेको जानकारी दिनुभयो ।

‘परिवर्तनको आन्दोलनमा योगदान गरेका बेपत्ता परिवारलाई थोरै भएपनि यसले राहत दिएको छ ’उहाँले भन्नुभयो ।

प्रमुख चौधरीले राज्यबाट अर्को व्यवस्था नहुञ्जेल निरन्तर भत्ता वितरण हुने उल्लेख गर्दै यसलाई प्रभावकारी बनाउन योजना निर्माण र बजेटको प्रवन्ध गरिने बताउनुभयो ।

राजपुर नगरपालिकाले द्धन्द्ध पीडितलाई सवल बनाउन विभिन्न तालिमदेखि आयआर्जनका कार्यक्रमका लागि रु. ६५ लाख बजेट छुट्टाएको छ । नगरपालिकाको आन्तकि स्रोतबाट हुने आम्दानी करिव रु. ७ करोड रहेको बताइएको छ ।

राजापुरकी द्धन्द्ध पीडित रविना चौधरीले आफूहरुले सम्मानित जीवन चाहेको उल्लेख गर्दै नगरपालिकाबाट प्रंशसनीय काम भएको बताउनुभयो ।

‘हामीले केहीले बाख्रा पालन गरेका छौ, केहीले सिलाई कटाईको काम गरेर जीवन चलाएका छौ’उहाँले भन्नुभयो । 

चौधरीले आफूहरुलाई स्वास्थ्य बीमा लगायतका सुविधा आवश्यक भएकोमा जोड दिदै आर्थिक अवस्था हेरेर आयआर्जनका कार्यक्रम तय हुनुपर्ने बताउनुभयो ।

राजापुर नगरपालिकाका द्धन्द्ध पीडित सुजन थारुले परिपुरण र क्षतिपूर्ति भए पनि द्धन्द्ध पीडितलाई राहत हुने उल्लेख गर्दै द्धन्द्धका घाउले अहिले पनि मानसिक समस्या झेल्नुपरेको बताउनुभयो । राजापुरमा १०६ जना द्धन्द्ध पीडित स्वरोजगार कार्यक्रममा छन । 

‘परिपुरण र क्षतिपूर्ति भए, माफि दिँदा पनि राम्रो हुन्छ’उहाँले भन्नुभयो । ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ प्रतिनिधिसभाको बैठकमा पेश भएको छ । विस्तृत शान्ति सम्झौता अनुसार शान्ति प्रक्रियाको बाँकी काम पूरा गर्न, पीडितलाई परिपूरण र पीडकलाई आवश्यक मेलमिलाप र आवश्यक दण्ड दिन विधेयक ल्याइएको बताइएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…