Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

जेसी सम्वन्धी दुई दिने तालिम

डेक्स

डेक्स

जेसी सम्वन्धी दुई दिने तालिम
ADVERTISEMENT

नेपालगञ्ज । लैंगिक समानता तथा सामाजिक समावेशिकरण विषयक २ दिने तालिम भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १९ को आयोजना र युवा घरको सहजिकरणमा आइतबारदेखि तालिम शुरु भएको हो । 
तालिमको शुभारम्भमा नेपालगन्ज उपमहानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष परसराम कुर्मीले समाजमा लैँगिक हिंसा र बालबिबाहको समस्या याथवत रहेको बताउदै यस्ता समस्याको न्यूनिकरण गर्न तालिम उपयोगि भएको बताउनुभयो ।

समाजमा रहेका गलत कार्य र कुसंस्कारलाइ हटाउन तालिमबाट सिकेका कुराहरुलाई ब्यवहारमा लागु गर्र्नु पर्ने बताउदै अध्यक्ष कुर्मिले भन्नुभयो “ज्ञान र शिक्षा जती बाढ्यो त्यति बढ्छ तालिमबाट सिकेका कुरा समुदायका ब्यक्तिहरुलाई सिकाउनुहोला ।” समापन समारोहमा बोल्दै वडा सदस्य सुहावन कुर्मिले समाजमा रहेका बिधमान समस्या समाधानका लागि सबैले आफ्नो घरबाट सुरुवात गर्नुपर्ने बताउनुभयो ।

वडा नम्बर १९ का वडा सचिब मदन रावतले समुदायमा लैंगिक असमानता बिधमान रहेकाले यस्तो तालिमको आयोजना गरिएको बताउदै छोरा र छोरीबिच हुने बिभेद अन्त्य गरी समान अवसर प्रदान गरी लैंगिक समानता तथा सामाजिक समावेशिकरणको सिद्धान्त अवलम्बन गर्नुपर्ने बताउनुभयो । 
तालिमका सहभागिहरुले समाजमा रहेका बिभिन्न लैंगिक असमानता तथा लैंगिक हिंसाका घटनाहरु न्युनिकरण गर्न तालिमबाट ज्ञान प्राप्त भएको बताउदै तालिम समय सान्दर्भिक भएको बताएका थिए । २ दिन सम्म सञ्चालन भएको तालिममा युवा घरका अध्यक्ष मन भण्डारीले लैंगिकता, लैंगिक समानता, लैंगिक प्रभाव विश्लेषण, सामाजिक समावेहिकरण, लैंगिक हिंसा, हिंसाका कारण, प्रकार, असर, हिंसा न्युनिकरणका उपाय, कानुनी प्रावधान, सकारात्मक सोच लगायतको विषयमा प्रशिक्षण दिएका थिए भने युवा घरका सदस्य तपेन्द्र बहादुर मलातीले बाल बिबाह, बाल बिबाहका असर, बाल बिबाह न्यनिकरण, कानुनी प्राबधानको विषयमा सहजिकरण गर्नुभएको छ । 
युवा घरका सदस्य शिब कुमार वर्माले सञ्चालन गरेको तालिममा वडा सदस्य, वडा कार्यालयका कर्मचारी, बिभिन्न क्षेत्रका अगुवा र अन्य गरी ३० जनाको सहभागिता रहेको थियो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…