Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

५८ वर्षपछि दाजु–बहिनीको मिलनको क्षण

डेक्स

डेक्स

५८ वर्षपछि दाजु–बहिनीको मिलनको क्षण
ADVERTISEMENT

नेपालगन्ज । मानिसका लागि परिवार अति प्रिय हुन्छ । परिवारका हरेक सदस्य तथा आफन्तविचको प्रेम, माया र स्नेहलाई कहिल्यै नाप्न सकिन्दैन । मानिसको सासरहेसम्म मायाको बन्धनले छोडदैन । 

विशेष गरि परिवारभित्र आमाबुवा, छोरा छोरी, श्रीमान, श्रीमती, दिदी बहिनी, दाई भाईलगायतविचको सम्वन्ध निकै प्रेममय हुने गर्दछ । यी नाता भएका परिवारको कुनै सदस्य टाँढिएपछिको अनुभुती कस्तो हुन्छ होला र धेरै वर्षपछिको पुर्नमिलन हुदाको क्षणलाई हामीले कसरी कल्पना गर्न सक्छौ । यसैको उदाहरणको रुपमा नेपालगन्जमा एउटा घटनाले आश्चर्य बनाएको छ । 

बाँके नेपालगन्ज उपमहानगरपालिका–१७ भृकुटीनगर निवासी ७५ वर्षीया हिमा ज्ञवालीले बर्मामा बस्ने ८० वर्षीय आफ्नै दाजु डीपी शर्मा घिमिरेलाई ५८ वर्षपछि सामाजिक सञ्जाल फेसबुकमार्फत भेट्न पाउनुभएको छ ।
 
बर्मामा बस्ने दाजु घिमिरेले नेपालमा रहेका घिमिरे, पन्थी र ज्ञवाली इष्टमित्रलाई फेसबुकमा खोज्दै जाँदा धेरै मेहनत र लामो समयपछि बहिनी हिमाको बारेमा थाहा पाउनुभयो । त्यसपछि सुरु भयो बर्मामा बस्ने दाजुको नेपालगन्जसम्मको यात्रा । दाजु–बहिनीबीच ५८ वर्षसम्म कुनै प्रकारको भेटघाट र सम्पर्क थिएन । बहिनी हिमाले भन्नुभयो, “यतिका वर्षपछि दाजुलाई देख्न र भेट्न पाउँदा स्वर्ग नै पाएजस्तो भएको छ, बर्मामा रहेका कुनै पनि परिवारका सदस्यसँग भेट हुने आशा मरिसकेका बेला दाजुलाई भेट्न पाउँदा निकै हर्षित छु ।”
 
वि.सं. २००५ मा बर्मामा जन्मिनु भएकी हिमाको १६ वर्षको उमेरमा बर्मामै नेपालको गुल्मी जिल्ला निवासी फणीन्द्रनाथ ज्ञवालीसंँग विवाह भएको थियो । त्यसको एक वर्षपछि उहाँहरू नेपाल आउनु भयो । नेपाल आएपछि बर्मामा रहेको परिवारसँग चार÷पाँच वर्ष चिठीपत्र आदानप्रदान भएपछि पूर्ण रूपमा सम्पर्क विच्छेद भएको थियो । 
    
उहाँका हजुरबुवा नारायणप्रसाद घिमिरे विदेश बर्मा घुम्न जानुभएको र उतै बस्नुभएको थियो । दाजु–बहिनीको भेट भएपछि आमालाई पनि बर्मा लगेर त्यहाँ रहेका आफन्तलाई भेट गराउने तयारी भइरहेको हिमाका कान्छा छोरा प्रदीप ज्ञवालीले बताउनुभयो ।

नेपालगन्जमा भएको भेटपछि पारिवारिक माया र प्रेम साटासाट गरिएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…