Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जको हनुमानगढीमा हनुमान जयन्ती

डेक्स

डेक्स

नेपालगञ्जको हनुमानगढीमा हनुमान जयन्ती
ADVERTISEMENT

नेपालगञ्ज ।  हनुमान जयन्तीको अवसरमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं २ स्थित हनुमानगढीमा तीन दिने हनुमान जयन्ती सुरु भएको छ । 
अखण्ड रामायण पाठ अष्टयाम संकिर्तन एवं निशान पुजन सहित सुरु भएको उक्त जयन्तीमामा आज वेलुका भारतको अयोध्याबाट आएको १२ जनाको विशेष टोलीले विशेष झाँकी, श्रीराम भजन, ताण्डव नृत्य लगायत कथा प्रवचन गर्ने हनुमान गढी मन्दिर सञ्चालन तथा व्यवस्थापन समितिका उपाध्यक्ष जितेन्द्र सिंहले जानकारी दिनुभयो । 

उहाँले २८ घण्टा निरन्तर होम हुने उल्लेख गर्दै काठमाण्डौं, विराटनगर, बुटवल, सुर्खेत, सल्यान भारतको बहराइज, सेरावस्ती, गोण्डा लगायतका क्षेत्रबाट भक्तजनको सहभागिता रहने बताउनुभयो । स्थानीय प्रतिष्ठीत व्यक्तीको चन्दाबाट उठेको रकमबाट करिव २० हजारलाई भण्डारा (भोजन) को व्यवस्थापन गरिएको छ । यसमा करिव रु. २८ लाख खर्च हुने अनुमान गरिएको छ । 
“जहाँ जहाँ श्रीरामको कथा प्रवचन, भजन किर्तन हुन्छ त्यहाँ त्यहाँ कुनै न कुनै रुपमा हनुमानजी प्रकट हुनुहुन्छ”उपाध्यक्ष सिंह भन्नुहुन्छ । उहाँले हनुमानगढी गुरुजीको तपोभूमि भएको उल्लेख गर्दै यस स्थानमा गाईको सेवा हुने बताउनुभयो । 

थानापती महन्त उमेश गिरीले हनुमानगढीको पवित्र स्थानमा भौतिक पूर्वाधारको कुनै संरचना नभएको उल्लेख गर्दै ३० वर्षदेखि गुरुजीले चरण राखेर गौशालाको रुपमा विकास भएको र अहिलेको कलियुगमा जुनसुकै ठाउँमा पनि हनुमानजीको चमत्कार भएको बताउनुभयो । “विगतमा फोहोरको व्यवस्थापन गर्ने, कुस्ती खेल्ने ठाउँ भएको र बाल्दा नामको ऐतिहासिक तलाउ रहेको तरपछि ऋषिमुनिको आगमनपछि पाँच करोड गायत्री मन्त्रको जप भएको पवित्र स्थानको रुपमा यसलाई लिइएको छ” थानापति महन्त गिरी भन्नुहुन्छ । 
उहाँले जताततैबाट धर्ममाथि प्रहार भएकोले यसलाई बचाउन आवश्यक भएकोमा जोड दिदै धर्मप्रतिको आस्था र विश्वासलाई बलियो बनाउन आवश्यक रहेको बताउनुभयो ।  धार्मिक अभियन्ता अर्जुन धिमालले हनुमान जयन्तीमा शिवजीको लिला, श्रीराम लिला प्रश्तुत हुने उल्लेख गर्दै अयोध्यामा जस्तै स्टेज बनाएर रातभर जाग्राम भजन हुने बताउनुभयो । हनुमान जयन्तीको अन्तिम दिन रथ यात्रा, शोभायात्रा हुने र विशाल भण्डारा भएर समापन हुने बताइएको छ । 

अभियन्ता डा. दिवाकर खनालले माल्दा तलाउ ऐतिहासिक भएको उल्लेख गर्दै हनुमानगढी र वागेश्वरी मन्दिरमा अदृश्य शक्ती भएको बताउनुभयो । ‘बागेश्वरी माता हो हनुमानजी शिवाआंस हो’ उहाँले भन्नुभयो ।  ऐतिहासिक माल्दा तलाउ भएको स्थानमा तीन फिटको हनुमान मन्दिर बनाउन लागिएको छ । धार्मिक पर्यटन प्रर्वद्धनको लागि नेपालगञ्जको बागेश्वरीमा तीन महिनादेखि आरती हुँदै आएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…