Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका थप दुई स्थानमा विद्युतको सब स्टेशन

डेक्स

डेक्स

बाँकेका थप दुई स्थानमा विद्युतको सब स्टेशन
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा लो भोल्टेज र छिनछिनमा विद्युत् जाने समस्या समाधानका लागि थप दुई स्थानमा सब स्टेशन निर्माण गर्न लागिएको छ ।

जिल्लाको खजुरा गाउँपालिका र जानकी गाउँपालिकामा सब स्टेशन निर्माणका लागि टेन्डर भइसकेको नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले जानकारी दिए । सब स्टेशन निर्माणको काम अबको दुई वर्ष सम्पन्न हुनेछ ।

खजुरास्थित जनक शिक्षा सामग्री केन्द्रसँगै रहेको करिब दुई बिघा जग्गा ३३र११ केभी क्षमताको सन स्टेसन निर्माण गरिनेछ । जहाँबाट ३३ हजार किलो भोल्टको डबल सर्किट विद्युत् प्रवाह हुनेछ ।

“खजुरामा निर्माण गरिने सब स्टेसनमा १६र१६ एमभी क्षमता दुई वटा ट्रान्सफर्मर जडान गरिनेछ,” नेपाल विद्युत् प्राधिकरण खजुरा नोलाइट शाखाका प्रमुख कृष्ण पौडेलले भने, “११ केभी क्षमताका ८ वटा सर्किटबाट विद्युत् आउटगोइङ हुनेछ । ”सब स्टेशनसँगै कन्ट्रोल भवन, कर्मचारी आवास निर्माण गरिनेछ ।

यसैगरी जानकी गाउँपालिकामा चार बिघा जग्गामा १३२ केभिए क्षमताको सब स्टेसन निर्माण गरिने भएको छ । जहाँबाट डबल सर्किट खजुरासँग जोडिनेछ । खजुरा र जानकीमा सब स्टेसनको काम सम्पन्न भएमा न्यून भोल्टेज, छिनछिनमा विद्युत् आउने जाने र बर्षातको समयमा विद्युत् अनियमित हुने समस्यामा सुधार आउने प्राधिकरणले जनाएको छ ।

सवस्टेशनले जिल्लाकै समग्र विद्युत् समस्या समाधान हुने तथा औद्योगिक क्षेत्रको रूपमा विकास भइरहेको जानकी र खजुरामा दिर्घकालिन रुपमा विद्युत् समस्या नपर्ने प्राधिकरणले जनाएको छ । हाल नेपालगञ्जको गोसाईगाउँ र बसपार्क तथा कोहलपुरमा सबस्टेशन छन् । नयाँ सब स्टेसन निर्माण भए पनि विद्युत् आपूर्ति नियमित, विश्वसनीय र गुणस्तरीय हुने नोलाइट शाखा प्रमुख पौडेलको भनाइ छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…