Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

स्थानीय तहमा जेसी परिक्षण

डेक्स

डेक्स

स्थानीय तहमा जेसी परिक्षण
ADVERTISEMENT

नेपालगन्ज १४, चैत । बाँकेको खजुरा गाउँपालिकामा लैंङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) परिक्षण गरिएको छ । परिक्षणका क्रममा आज मंगलबार आयोजित कार्यशालामा गाउँपालिका अन्र्तगत जेसीको दृष्टिकोणले विभिन्न सूचक तथा विषयहरुमा छलफल गरि मापन गरिएको छ । 

स्थानीय शासन प्रणालीको सेवा प्रवाहमा लैंगिक समानता र सामाजिक समावेशीकरणको मुलप्रवाहिकरण क्रियाकलाप अन्तर्गत उप–क्रियाकलाप स्थानीय तहमा लैंगिक समानता तथा सामाजिक समावेशीकरण परीक्षण गरिएको हो । प्रदेश सुशासन केन्द्र लुम्विनी प्रदेशको सहकार्यमा सूचना र मानव अधिकार अनुसन्धान केन्द्रले गरेको सहजीकरणमा गाउँपालिकाको हरेक शाखा अन्र्तगत लैंगिक समानता तथा सामाजिक समावेशीकरणको दृष्टिकोणले एक सय बढी सूचकमा अध्ययन गरि मापन गरिएको हो । एक सय सूचकमा छलफल गरि भएको कागज प्रमाण, निर्णय प्रक्रिया, तथा दस्ताबेजका आधारमा मार्किंङ्ग गरिएको छ । 

जेसीको अवधारणामा स्थानीय सरकारको काम कारवाही प्रक्रिया, कार्यक्रम, बजेट योजना तर्जुमा, समुदायको भाषा, संस्कृति, समिति निमाण प्रक्रियालगायतमा जेसीको कार्यान्वयन अवस्थाका बारेमा विस्तृत अध्ययन तथा छलफल गरिएको थियो । 
कार्यक्रममा गाउँपालिका अध्यक्ष डम्बरबहादुर विकले जेसी परिक्षणले स्थानीय तहलाई सबैको सहभागिता तथा योजना निमार्ण प्रक्रियामा अर्थपुर्ण सहभागिताको अवधारणाको विकास भएको भन्दै पालिकाले आगामी निति तथा कार्यक्रम निमार्णका क्रममा यी सवालहरुलाई समाबेश गर्ने बताउनुभयो । 

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत अर्जुन सुवेदीले जेसी परिक्षणका क्रममा देखिएका सुधार गर्नुपर्ने पक्षमा विशेष गरि हरेक क्षेत्रका क्रियाकलाप, निर्णय प्रक्रियालगायतका विषयमा अभिलेखीकरण र डकुमेन्टको व्यवस्थापनमा कमीकमजोरी देखिएकाले त्यसलाई सुधार गर्ने प्रतिबद्धता गर्नुभयो । 

कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधी, विभिन्न शाखा प्रमुख, कर्मचारी लगायतको सहभागिता रहेको थियो । कार्यशालामा संस्थाका राकेशकुमार मिश्र, रविन्द्रकुमार ज्ञवाली र ध्रुबराज शर्माले सहजीकरण गर्नुभएको थियो । संस्थाले बाँके जिल्लाको जानकी, खजुरा र कोहलपुर नगरपालिकाको जेसी परिक्षण गरिरहेको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…