Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लुम्विनीमा माओवादी मन्त्रीको राजीनामा

डेक्स

डेक्स

लुम्विनीमा माओवादी मन्त्रीको राजीनामा
ADVERTISEMENT

नेपालगञ्ज । लुम्बिनी प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । माओवादीका सबै मन्त्रीहरुले आज मुख्यमन्त्री लीला गिरीलाई राजीनामा बुझाएका छन् । राष्ट्रपति निर्वाचनबाट संघमा नयाँ गठबन्धन बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो ।

लुम्बिनीमा एमाले नेतृत्वको सरकार छ । सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आर्थिक मामिला मन्त्री जोखबहादुर महरा, भौतिक पूर्वाधार विकासमन्त्री ईन्द्रजीत थारु र आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्री कृष्णा केसीले मन्त्री पदबाट राजीनामा दिनुभएको छ । 

संसदीय दलका नेता एवं आर्थिक मामिलामन्त्री जोखबहादुर महराले केन्द्रको निर्णयअनुसार सरकारबाट बाहिरिएको बताउनुभयो । 

राजीनामा बुझाएर समर्थन फिर्ताको जानकारी दिन प्रदेश प्रमुख अमिक शेरचनको कार्यकक्षमा जाने तयारी भैरहेको माओवादी लुम्बिनीका अध्यक्ष सुदर्शन बरालले बताए ।

माओवादीको राजीनामासँगै एमालेबाट निर्वाचित मुख्यमन्त्री गिरीले राजीनामा दिने कि विश्वासको मत लिने दुई विकल्प रहनेछन् । गिरी गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ गरि प्रदेशसभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । भने कांग्रेसका २७ नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १–१ संसदले भने समर्थ गरेका थिएनन् ।

लुम्बिनीमा ८७ सदस्यीय प्रदेश संसद रहेका छन् । सरकार गठनका लागि भने ४४ सांसदको मत आवश्यक हुन्छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

स्थानीय मानवबेचविखन नियन्त्रण र बालअधिकार समितिको समीक्षा, योजना तर्जुमा

बर्दिया जेठ १५ । बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन न…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…