Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगञ्जका नालाको सरसफाई हुँदै

डेक्स

डेक्स

नेपालगञ्जका नालाको सरसफाई हुँदै
ADVERTISEMENT

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाले यहाँ बर्षामा हुने डुबानको समस्यालाई ध्यान दिएर साना ठूला सबै नाला सफाई गर्न थालेको छ  । नगर प्रमुखको सचिवालयले दिएको जानकारी अनुसार, पहिलो चरणमा बजार क्षेत्र भएर बग्ने ठूलो नाला र दोन्द्रा नालाको अन्तिम विन्दु (आउटलेट) बाट सफाईको काम थालिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका इन्जिनियर निवेशकुमार शर्माले अन्तिम विन्दुबाट काम सुरु गरेपछि जहाँ जहाँ अबरोध छ, त्यसमा राम्रोसंग काम गर्न सकिन्छ भन्ने उद्देश्यले आउटलेटबाट काम सुरु गरिएको बताउनुभयो । 

बजार क्षेत्रभित्रको मुख्य नाला र दोन्द्रा नाला मिसिएर बनेको दोधारा नालाको अन्तिम विन्दुबाट काम थालेका छौं,’ जेसिबीले सफाई गर्न सक्ने ठाउँमा जेसिबी र जेसिबीले गर्न नसक्ने ठाउँमा मान्छे नै लगाएर सफाई गरिने छशर्माले भन्नुभयो । 
 भेरी प्राविधिक शिक्षालय भएर बग्ने नालाको अन्तिम विन्दुमा भइरहेको सफाईको अवलोकन गर्न नगर प्रमुख प्रशान्त विष्ट, प्रमुख प्रशासकीय अधिकृृत शिवप्रसाद रिजाल र इन्जिनियर शर्मा त्यहाँ पुग्नुभएको थियो । 

नगर प्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाको मुख्य समस्याको रुपमा रहेको डुबान समस्या समाधानका लागि मुख्य नालाहरुको आउटलेट सफा गर्नुपर्ने आवश्यकता महसुस भएपछि काम सुरु गरिएको बताउनुभयो । 

‘सहरको करिब ७० प्रतिशत पानी बग्ने मुख्य नाला सफाई मुख्य प्राथमिकतामा राखेका छौं, यहाँबाट ९अन्तिम विन्दु० भेरी प्राविधिक शिक्षालयसम्म र बजार क्षेत्रमा कर्णाली विकास बैंक छेउँसम्म राम्रोसंग सफा गर्न सकियो भने पानीको सहज निकास हुन्छ ,’ विष्ट भन्नुहुन्छ ।  उहाँले उपमहानगरपालिकाभित्र डे«नेजको पर्याप्त नेटवर्क भएपनि सहजरुपमा पानीको निकास नहुँदा समस्या निम्तिने गरेको बताउनुभयो । 

नालाको आधा भन्दा बढी भाग माटोले पुरिएको अवस्थामा पाइएको जानकारी दिंदै नगर प्रमुख विष्टले कतिपय ठाउँमा जेसिवी प्रयोग गर्न सकिने अवस्था नरहेकोले कतिपय ठाँउमा मान्छे नै लगाएर सफाई गरिरहेको बताउनुभयो ।  
विगतमा बजारको वरिपरि मात्रै सफाई गर्ने काम हुँदा समस्या ज्यूँकात्यूँ रहेकाले यसपटक अन्तिम विन्दुबाट आमरुपमा सफाई थालेको उपमहानगरपालिकाले जनाएको छ ।  पहिलो चरणमा ठूला नाला र दोस्रो चरणमा साना नाला सफाई गरिंदा नेपालगञ्ज डुबान हुनबाट जोगिने नगर प्रमुख विष्टको विश्वास छ । एक महिनामा सफाई सक्ने गरी काम अघि बढाइएको बताइएको छ ।

सरसफाइका क्रममा कर्णाली विकास बैंक क्षेत्र वरपरको नाला र भेरी प्राविधिक शिक्षालय तलतिरको नाला स्थलगत हेर्दा धेरै ठाउँमा माटोले पुरिएको, झाडी नै देखिएको र कतिपय ठाउँमा बयरका घारी समेत उम्रिएको पाइएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…