Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कोहलपुरमा गोलभेडा उत्सवसँगै होली खेलिदै

डेक्स

डेक्स

कोहलपुरमा गोलभेडा उत्सवसँगै होली खेलिदै
ADVERTISEMENT

नेपालगञ्ज । तराईमा खेलिने फागु पूर्णिमा (होली) मा आज बाँकेको कोहलपुर नगरपालिकामा गोलभेडा उत्सवसँगै होली खेलिने भएको छ ।   सो नगरपालिकालाई  पर्यटनसँग जोड्ने भन्दै आज गोलभेडाको उत्सवसँगै होली खेलिने पर्यटन व्यवसायी कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । 

उहाँले यसले कोहलपुरलाई  पर्यटनसँग जोडने र  किसानले आफ्ना उत्पादनको मूल्य पाउने विश्वास व्यक्त गर्दै ‘सेन्थेटिक रङ्गले पार्ने नकारात्मक प्रभावबाट पनि जोगिने उल्लेख गर्नुभयो । 

ला टोमाटिनो फेस्टिभल’ स्पेनमा आयोजना हुने प्रख्यात पर्व हो । ला टोमाटिना फेस्टिभल नेपालमा मनाइने होली जस्तै पर्व हो । यस फेस्टिभलमा रङ तथा पानीको विकल्पमा पाकेको टमाटर प्रयोग गरिने गरिन्छ ।

आयोजकले टोमाटिनो फेस्टिभलका लागि आवश्यक गोलभेंडा सिधै किसानबाट खरिद गर्ने जनाएको छ । ‘सकेसम्म स्थानीय उत्पादनलाई हाम्रो जोड रहनेछ,’ कोहलपुर र वैजनाथमा किसानसँग समन्वय गरिरहेको उहाँले बताउनुभयो । 

होटल एशोसियशन अफ नेपाल बाँकेको सह–आयोजना हुने ‘गोलभेंडा उत्सव नेपाल–२०२३’ लाई कोहलपुर नगरपालिका र कोहलपुर उद्योग बाणिज्य संघले समेत सहकार्य गरेका छन् । यसलाई पर्यटनसँग जोडेर लैजान खोजिएकाले होलीको व्यापकताले नयाा सन्देश दिने छ  कोहलपुर नगरपालिकाका  प्रमुख पूर्ण आचार्य भन्नुहुन्छ । 

पर्यटकिय दृष्टिकोणले गोलभेंडालाई लिएर विश्वका केही देश स्पेन, इटली र भारतका केही सहरमा पर्यटनसँग जोडेर गोलभेंडा पर्व मनाइने बताइएको छ ।  अत्यन्त स्वास्थ्यवद्र्धक, भिटामिन र मसलायुक्त तरकारीजन्य गोलभेंडाको प्रयोगले छालालाई राम्रो बनाउने छ । 

‘यस कार्यक्रमलाई कोहलपुरमा स्थापित र यसको ब्राण्डिङ्ग गर्न सकेमा कोहलपुर, नेपालगञ्ज मात्र नभई पश्चिम नेपाल पर्यटकका लागि कोहलपुरलाई  गन्तब्य बनाउन सकिन्छ ।  भाईचारा, सद्भाव र रंगहरुको पर्व होली जस्तै देखिने यस पर्व होली पर्वका अवसर पारेर स्थानीय किसानको उत्पादनको उच्च सम्मान गर्दै यसले स्वदेशी तथा विदेशी पर्यटकलाई निम्त्याउँन सहज हुने विश्वास गरिएको छ  बाँके पर्यटन प्रवद्र्धन मञ्चका अध्यक्ष समेत रहनुभएका श्रेष्ठले भन्नुभयो ।  

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

होटल पौवाले नयाँ अंग्रेजी वर्षमा विशेष कन्सर्ट गर्दै

नेपालगन्जस्थित होटल पौवाले अंग्रेजी नयाँ वर्ष २०२६ लाई भव्य रूपमा स्वागत गर्दैछ । नयाँ…

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

होटल कलपत्रुले अंग्रेजी नयाँ वर्षमा सांगितिक उत्सव गर्दै

नेपालगन्ज, १३ पुस । होटल कलपत्रु नेपालगन्जले अंग्रेजी नयाँ वर्ष २०२६ लाई सांगितिक उत्…

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

बिज्ञान स्याङ्गबोको यो नयन बोलको गीत सार्बजनिक

पवन जायसवाल नेपालगन्ज ।अफिसियल युट्युब च्यानलमार्फत बिज्ञान स्याङ्गबोको यो नयन बोलको ग…

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

‘ह्रस्व दीर्घ’को पहिलो साताको कमाइ ५ करोड बढी

काठमाडौं ७ मसिंर। चन्द्र पन्त निर्देशित फिल्म ह्रस्व दीर्घले पहिलो साता राम्रै कमाइ गरेक…