Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

झारफुक भन्दै कुटपिट गर्दा वालिकाको मृत्यु

डेक्स

डेक्स

झारफुक भन्दै कुटपिट गर्दा वालिकाको मृत्यु
ADVERTISEMENT

नेपालगञ्ज । रुपन्देहीको सैनामैनामा झारफुकको बहानामा कुटपिट गर्दा १४ वर्षीया बालिकाको ज्यान गएको छ । बालिकाको हत्यामा संलग्न भएको आरोपमा झारफुक गर्ने सैनामैना(१० बस्ने २२ वर्षीया सोनिया रेश्मीलाई ईलाका प्रहरी कार्यालय सालझण्डीले पक्राउ गरेको छ ।  कुटपिटबाट सोही ठाउकी १४ वर्षीया सिता ज्ञवालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यसरी खुल्यो घटनाको रहश्य स्
सामाजिक सञ्जाल फेसबुकमा मा फागुनको २१ गते एक महिलाले झारफुक गरी बिरामीलाई सन्चो बनाउछु भन्दै एक बालिकालाई भुईमा लडाई घोप्टो पारी बालिकाको शरिर माथि चढी ९बसी० हातमा घण्टी बजाउदै गालामा थप्पड हान्दै गरेको भिडियो प्रहरीले देख्यो । उक्त भिडियोमा ‘आईज, आ देखिस, कति खान्छस, मेरो पावर देखिस’ भन्दै हातमा रुद्राक्षको मालाले शरिरको बिभिन्न भागमा हान्ने, भुईमा लडाउने, टाउको र घाँटीमा खुट्टाले टेक्ने, पटक पटक जगले नाक मुखमा पानी खन्याउने, कपालमा समाई टाउको बटारी दिने, कपालमा समाई अनुहारको भागमा थुक्ने, खरानी खुवाईदिने र लछारपछार पारी कुटपिट समेत गरेको देखिन्थ्यो ।

उक्त भिडियो देखेलगत्तै ईकाल प्रहरी कार्यालय सालझण्डीले उक्त झारफुक गरी सन्चो गराउछु भन्ने महिला र पीडित बालिकाको सम्बन्धमा अनुसन्धान सुरु गर्यो । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीको कमाण्डमा खटिएको टोलीले भिडियोको आधारमा अनुसन्धान गर्दा झारफुक गर्ने युवतीलाई पक्राउ गर्न पुग्यो । उनीसँगै बालिकालाई लछारपछार, कुटपिट गर्दा प्रयोग भएका बिभिन्न सामग्रीहरु त्रिशुल, जग, रुद्राक्षको माला लगायत प्रहरीले नियन्त्रणमा लिएको छ ।त्यसपछि प्रहरीले मृतक सिता ज्ञवालीको घर परिवारसँग सोधपुछका लागि पुग्यो । परिवारसँग बुझ्दा बिगत ४र५ दिनदेखि सिता कान सम्बन्धी बिरामी भएकी, पटक पटक अस्पताल लगि चेकजाँच गरी औषधी सेवन गर्दा निको नभएको हुँदा माता भन्ने सोनिया रेश्मीले झारफुक गरी ठिक पार्छिन भन्ने थाहा पाई उनको घरमा लगेको कुरा अनुसन्धानबाट खुलेको छ।

कुटपिटका कारण झारफुक गरेको ठाउँमा नै सिताको मृत्यु भएकोमा परिवारले सोही दिनको रातीनै दाहसस्कारको लागि घरपरिवाले कपिलबस्तु जिल्लाको लक्ष्मणघाट पुर्याएर दाहसस्कार गरेका मृतकको घरपरिवारबाट खुल्न आएको प्रहरीले जनाएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

युवा नेतृत्व तथा क्षमता विकास तालिम

युवा नेतृत्व तथा क्षमता विकास तालिम

नेपालगन्ज १६ जेठ । युवा नेतृत्व तथा क्षमता विकास विषयक दुइ दिने तालिम नेपालगन्जमा स…

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

एभरेष्ठ ढोका उद्योगमा भिषण आगलागी

नयाँबस्ती बाँके, १५ जेठः नेपालगन्ज उपमहानगरपालिका वार्ड नं.२१ नयाँ बस्तीस्थित एभरेष्ट…