Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल र प्रविधी अधिकार

सम्वाददाता

सम्वाददाता

निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल र प्रविधी अधिकार
ADVERTISEMENT

नेपालगन्ज २७ कार्तिक । निर्वाचनका बेला दल तथा उम्मेदवारहरुले सामाजिक सञ्जालमार्फत आफना प्रचारप्रसारको गतिबिधी बढाएका छन । निर्वाचन आयोगले आचारसंहितामा कडाई गरेपछि उम्मेदवारहरुले सामाजिक सञ्जाललाई बढी प्रयोग गरिएको पाइएको छ । 
    तर प्रयोगकर्ताहरुले सामाजिक सञ्जालको दुरुपयोग, फेक फेसबुक पेजमार्फत एक अर्को उम्मेदवारका बारेमा आरोपप्रत्यारोप समेत गरिरहेका छन । तर यी सबै कार्य निर्वाचन आचारसंहिता विपरित रहेको छ भने अर्को जटिल समस्या भनेको प्रविधीको अधिकारमा समेत असर पारेको छ । इन्टरनेट प्रविधीको प्रयोगकर्ताहरु स्वयम् प्रविधी अधिकारबारे अनविज्ञ रहेकाले यसप्रतिको जोखिम समेत बढेको अवस्था रहेको छ । 

    त्यसैले हामी इन्टरनेट प्रयोगकर्ताले होशियारपुर्वक सामाजिक सञ्जाल प्रयोग गर्नुपर्ने एक कार्यक्रममा जोड दिइएको छ । डिजिटल राइटस नेपालको सहकार्यमा सूचना र मानवअधिकार अनुसन्धान केन्द्र नेपालगन्जद्धारा निर्वाचन आचारसंहिता, सामाजिक सञ्जाल र प्रविधी अधिकार विषयक अन्र्तक्रियका सहभागिहरु निर्वाचनका बेला सामाजिक संजालको दुरुपयोगबारे सरोकारवाला निकायले विशेष अनुगमन गरि कारवाही गर्नुपर्ने बताएका थिए । 

    कार्यक्रममा डिजिटल राईटस नेपालका अध्यक्ष अधिबक्ता सन्तोष सिग्देलले सो विषयमा प्रस्तुतीकरण गर्दै सामाजिक सञ्जालमा भ्रमक, मिथ्या सुचना, दुष्प्रचार गर्ने, द्धष्पुर्ण अभिव्यक्ती कसैको चरित्र हत्या गर्ने, व्यक्तिगत लान्छाना लगाउने, मानहानी गर्ने खालको सामाग्री प्रकाशन प्रशारण गर्न गराउन नहुने बताउनुभयो । सामाजिक सञ्जालमा निर्वाचनलाई प्रतिकुल प्रभाव पर्ने कुनै विचार राख्न, प्रचार प्रसार गर्ने सामाग्रीपोष्ट गर्ने, सेयर गर्न गराउन नहुने र मतदाताको गोपनियता भङ्ग हुने कार्य गर्न गराउन नहुने कानून रहेकाले त्यसबाट सर्तक रहन उहाँले आग्रह गर्नुभयो । 

    कार्यक्रममा जिल्ला आचारसंहिता अनुगमन अधिकृत खडानन्द अधिकारीले जिल्लामा दल तथा उम्मेदवारहरुले आचारसंहिता उल्लंघन गर्नेबारे अनुगमन गरिएको र त्यसबारे कारवाही गरिएको भन्दै यदि त्यसो गरेको कसैले थाहा पाएमा खबर गर्न अनुरोध गर्नुभयो । 
    कार्यक्रममा राष्टिय मानवअधिकार आयोग नेपालगन्ज प्रमुख द्धवारिका अधिकारी, नेपाली कांग्रेसका बाँके सचिव सुधाम्सु कोइराला, नेकपा एमालेका दिपा शर्मा, राप्रपाका नन्दलाल बैश्य, जसपाका अम्बिका काफ्ले, युवा सञ्चारकर्मी साहिल अन्सारी, प्रदिप गुप्ता लगायतले आचारसंहिता बारे आ आफनो विचार राख्नुभएको थियो । संस्थाका अध्यक्ष विश्वजित तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका कार्यकारी निर्देशक राकेश मिश्रले सहजीकरण गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…