Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

डेक्स

डेक्स

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी
ADVERTISEMENT

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका–१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अहिले सामाजिक सञ्जालमा योगा डान्सरका रुपमा परिचित हुनुहुन्छ ।  टिकटकमा समेत भाइरल हुनुभएका योगा डान्सर “रेडियो प्रेमी वान” भनेर आफूलाई चिनाउन चाहनुहुन्छ । 
२०६७ सालतिरबाट रेडियो कार्यक्रमको नियमित श्रोता बनेर विस्तारै “रेडियो प्रेमी” भनेर चिनिन थालेको उल्लेख गर्दै उहाँको रेडियोप्रतिको मोहले सुरु भएको परिचय आज सामाजिक सञ्जाल हुँदै अन्तर्राष्ट्रिय दर्शकमाझ फैलिएको छ ।  अहिले फेसबुक र टिकटकमा उहाँका भिडियोहरू विदेशी दर्शकहरूको समेत ध्यान खिच्न सफल भएको छ । 
तर गिरीको पहिचान केवल रेडियोप्रेमीमा सीमित रहेन । पछिल्ला ७ वर्षदेखि उहाँले नृत्य क्षेत्रमा गरेको निरन्तर अभ्यासले उहाँलाई छुट्टै उचाइमा पु¥याएको छ ।  विशेषगरी “योगा डान्स” शैलीमा उहाँले आफैं विकास गरेका स्टेपहरू—जस्तै न्यु योगा हार्ड, “टु लेग फिङ्गर”, “फ्रन्ट टु ब्याक”, “वेटिङ स्केल” राउण्डिङ स्वीट, र “वान लेग फिङ्गर”—उहाँको मौलिकता र मेहनतको प्रमाण हुन् ।  यी स्टेपहरूले उहाँलाई नेपाल मात्र होइन, विश्वस्तरमै चिनिन मद्दत गरेको उहाँको दाबी छ । 
गिरीको नृत्ययात्रा सजिलो थिएन। उमेर, चुनौती र अवसरको अभावजस्ता अनेक अवरोध पार गर्दै उहाँ यहाँसम्म आइपुग्नुभएको हो। उहाँ भन्न्नुहुन्छ “रुचि र लगाव भए उमेरले कहिल्यै रोक्दैन” ५५ वर्षको उमेरमा पनि उहाँको ऊर्जा र समर्पण युवालाई प्रेरणा दिने खालको छ।
उहाँले आफ्नो प्रतिभा “मेरो डान्स सिजन २” जस्तो राष्ट्रिय स्तरको मञ्चमा पनि प्रस्तुत गरिसक्नु भयो । बाँकेबाट छनोट भई काठमाडौँ पुगेका गिरीले आफ्नो योगा डान्स प्रस्तुत गर्दा निर्णायकहरूबाट प्रशंसा पाउनुभएको बताउनुहुन्छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…