Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भेरीका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन शुरु

डेक्स

डेक्स

भेरीका बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन शुरु
ADVERTISEMENT

नेपालगन्ज १९ भदौ । नेपाल रेडक्रस सोसाइटी बाँकेले भेरी अस्पतालका बिरामीका लागि निःशुल्क रगत वितरण सुरु गरेको छ । रेडक्रसले यसअघि रगत राख्न आवश्यक पर्ने ब्याग खरिद वापत बिरामीसँग केही शुल्क लिने गरेको थियो । बिरामीलाई आइतबारदेखी रगत निःशुल्क वितरण गरिएको हो ।

रेडक्रस रक्तसञ्चार केन्द्र नेपालगन्जमा आज आयोजित कार्यक्रममा भौतिक पुर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले शुभारम्भ गरेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री राईले रक्तसञ्चार केन्द्रका लागि आवश्यक पर्ने सुविधा सम्पन्न भवन निर्माणका लागि आफुले प्रक्रिया अगाडी बढाइसकेको बताए ।

‘भेरी अस्पतालको दुई वटा सुविधा सम्पन्न भवन बन्दै गर्दा रक्तसञ्चार सेवा जीर्ण भवनबाट दिनु राम्रो कुरा होईन, त्यसकारण रक्तसञ्चार केन्द्रको भवन पनि सुविधा सम्पन्न निर्माण गर्र्न मैले बजेटको ब्यवस्थापन गरिसकेको छु,’ उनले भने । विकासमा राजनीति नगर्न मन्त्री राईले सबैलाई आग्रह गरे । बाँके क्षेत्र नम्बर २ को सांसद र नेपाल सरकारको मन्त्री भएको हैसियतले यहाँको विकास गर्ने आफ्नो दायित्व पनि भएको बताए ।

नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक मेयर कमरुद्धिन राईले रेडक्रसले सुरु गरेको निःशुल्क रगत वितरण कार्यले गरिब तथा असहाय बिरामीलाई राहत मिल्ने बताए । रेडक्रस बाँकेका उपसभापति शान्ति श्रेष्ठले स्वागत गरेको उक्त कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री र भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले रेडक्रसले सुरु गरेको काम राम्रो भएको बताए ।

उक्त कार्यक्रम रेडक्रस बाँकेका सभापति गोवद्र्धन सिंह सम्झनाको सभापतित्वमा सम्पन्न भएको थियो । लुम्बिनी प्रदेश सरकारसँगको सम्झौता अनुसार रेडक्रसले बिरामीलाई निःशुल्क रगत वितरण सुरु गरेको हो । यसका लागि लुम्बिनी प्रदेश सरकारले रेडक्रसलाई आवश्यक बजेट ब्यवस्थापन गरिदिएको रेडक्रस बाँकेले जनाएको छ । 

कार्यक्रममा भेरी अस्पताल विकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठ, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा। बद्री चापागाई, रेडक्रसका पुर्व केन्द्रिय उपाध्यक्षद्धय अजितकुमार शर्मा र सनत रेग्मी, राजकुमार वर्मा, रेडक्रस बाँकेका पदाधिकारी, रेडक्रस अभियन्ता दुखिराम लोनिया, राकेशकुमार श्रीवास्तव, वडा नम्बर ९ का वडाअध्यक्ष गोविन्द रेग्मी, समाजसेवी राजन रानामगर लगायतको उपस्थिती रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…