Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउन अनुगमन गरिने

सम्वाददाता

सम्वाददाता

निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउन अनुगमन गरिने
ADVERTISEMENT

नेपालगन्ज २३ बैशाख । स्थानीय निर्वाचनलाई निश्पक्ष र भयरहित बनाउनका लागि बाँकेका नागरिक समाजले प्रभावकारी रुपमा अनुगमन गर्ने भएका छन । सूचना र मानव अधिकार अनुसन्धान केन्द्रको सहकार्यमा राष्टिय मानव अधिकार आयोग र मानव अधिकार संजाल नेपालगन्जको संयुक्त आयोजनामा निर्वाचन आचार संिहताका बारेमा गरिएको छलफलमा नागरिक समाजले अनुगमनको कार्य गर्ने भएका हुन । 

छलफलमा स्थानीय निर्वाचनलाई भयरहित, निश्पक्ष र स्वतन्त्र बातावरणमा सम्पन्न गर्न र मतदानका क्रममा अपांगता भएका, असहाय, विरामी, जेष्ठ नागरिकलाई मतदान गर्ने व्यवस्था मिलाउन निर्वाचन आयोगलाई आग्रह गरिने भएको छ । 

कार्यक्रमका सहभागीहरुले चुनाव हुन अब केही दिन मात्र बाकी रहदा अहिले पनि निर्वाचन आचार संहिता उलंघन भईरहेको पाइएकोले सरोकारवाला निकायको ध्यानाकषर्ण गराउने भन्दै निर्वाचन आचारसंहितासंग सम्वन्धित क्रियाकलापको बारेमा अनुगमनमा देखिएका कुरालाई मानव अधिकार आयोगको कार्यालयमा हेल्प डेक्समार्फत सूचना प्रवाह गर्ने बताएका थिए । मानवअधिकार आयोग नेपालगन्ज कार्यक्रममा हेल्प डेक्स स्थापना गरि निर्वाचनसंग सम्वन्धित विभिन्न गतिबिधीहरुको अनुगमन गर्ने र बेला बेलामा बैठक बसेर छलफल गरि सरोकारवालाको ध्यानाकर्षण गराइने आयोगका नेपालगन्ज प्रमुख झंकर रावलले बताउनुभयो ।  

छलफलमा मानव अधिकार आयोगका पुर्व आयुक्त सुदिप पाठकले निर्वाचन आयोगले जारी गरेको आचारसंहिता राजनितिक दल, मिडिया, उम्मेदवार लगायतले कडाइका साथ पालना गर्नुपर्नेमा जोड दिदै भयरहित बातावरणमा निर्वाचन सम्पन्न गराउनमा पर्यवेक्षकको भुमिका महत्वपुर्ण रहेको बताउनुभयो । 

कार्यक्रममा संस्थाका अध्यक्ष अधिबक्ता विश्वजित तिवारीले निर्वाचन आचारसंहिताका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो भने डिजिटल राइटस नेपालका अध्यक्ष सन्तोष सिग्देलले सामाजिक संजालको प्रयोग र कानूनीका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । 
छलफलमा राष्टिय मानव अधिकार आयोग नेपालगन्ज प्रमुख झंकर रावल, नेपाल बारका निवर्तमान केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठ, इन्सेकका भोला महत, अधिकारकर्मी आलम खान, नियोगका प्रदेश संयोजक शुरेस गौतम, भावुक जंग थापा, मैमुना सिद्दिकी, कमल पन्त, कृष्णमुरारी प्रसाद भट, लगायतले निर्वाचन आचारसंहिताको उलघंनका घटनाहरु बढी भइरहेकाले त्यसलाई न्युनीकरणमा जोड दिनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…