Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

डेक्स

डेक्स

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा, 
नेपालगन्ज १२ जेष्ठ÷नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनामा १ दिने शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अन्तरक्रिया आइतवार नेपालगन्जमा सम्पन्न भएको छ । 

नेपालगंज उपमहानगरपालिकाका अन्तर्गतका विद्यालयका शिक्षक शिक्षिका मार्फत क्षयरोगको जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले आयोजित अन्तरक्रियात्मक कार्यक्रममा नगर क्षेत्रका १६ वटा विद्यालयका शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो । 

उक्त अन्तरक्रिया कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका टि।बी। फोकल पर्सन स्वास्थ्य अधिकृत विनोद कुमार वि।क।ले क्षयरोगको लक्षण, क्षयरोगीको उपचार पद्दती, क्षयरोगको प्रकार र वर्तमान अवस्थाको तथ्याङ्क सहितको प्रस्तुतीकरणमा नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा १२४ जना क्षयरोगीहरुले नियमित औषधी सेवन गरिरहेको बताउनु भयो । 

उक्त प्रस्तुतीकरण माथि टिप्पणी गर्दै नेपाल क्षयरोग निवारण संस्था बाँकेका सल्लाहकार र स्वास्थ्य विज्ञ सेमराज शाक्यले टि।वी।का किटाणु सबै मानिसमा हुन्छ, तर जसको प्रतिरोध गर्ने क्षमता कम हुन्छ त्यस्तो व्यक्तिलाई रोग संक्रमण बढी हुने गरेको बताउनु भयो । 

यसैगरि सो अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका क्षयरोग फोकल पर्सन स्वास्थ्य अधिकृत रवीन्द्र क्मार शाह, नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका प्रमुख जागेश्वर बस्नेतले सन् २०३५ सम्म क्षयरोग मुक्त मुलुक बनाउन नेपाल सरकारको रणनैतिक योजनाको बारेमा चर्चा गर्दै सोही अनुसार विभिन्न क्रियाकलापहरु सञ्चालन गरिरहेको जानकारी दिनु भएको थियो । उहाँहरुले क्षयरोग निवारणका विभिन्न उपायहरुका बारेमा पनि महत्वपूर्ण धारणा राख्नु भएको थियो ।

कार्यक्रममा सहभागीहरुबाट राखिएका जिज्ञासाहरुको उत्तर कार्यक्रमका स्रोत व्यक्ति नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखाका टि।बी। फोकल पर्सन स्वास्थ्य अधिकृत विनोद कुमार वि।क।ले दिनु भएको थियो । नेपाल क्षयरोग निवारण संस्था केन्द्रीय समितिकी सदस्य एवं प्रमुख अतिथि रचना श्रेष्ठले क्षयरोग निवारणका लागि यस्तो प्रकारको कार्यक्रमहरु विभिन्न जिल्ला शाखा मार्फत संचालन भैरहेको बताउनु भयो । 

नेपाल क्षयरोग निवारण संस्था बाँके शाखाका सभापति जनकराम भण्डारीको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा शिक्षकहरुको तर्फबाट नारायाण उच्च माध्यमिक विद्यालयका शिक्षक कमलराज खनालले आफ्नो विचार व्यक्त गर्नु भएको थियो । बाँके शाखाका प्रवक्ता प्रहलाद विश्वकर्माले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रम सञ्चालन शाखाका सचिव बसन्त लामिछानेले गर्नु भएको थियो । कार्यक्रममा करीब तीन दर्जनको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…