Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डेक्स

डेक्स

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम
ADVERTISEMENT

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा  सुरक्षा  परियोजना अन्तर्गत बर्दियाको राजापुर नगरपालिका र मधुवन नगरपालिकामा युवामैत्री डिजिटल सशक्तिकरण सम्बन्धी ३ दिने “कन्टेन्ट क्रियसन तथा आर्टिफिसियल इन्टेलिजेन्स” तालिम सकिएको छ ।

तालिममा २ दिन कन्टेन्ट क्रियसन तथा १ दिन  कृतिम बौद्धिकता ब्क्ष् सम्बन्धी सिकाइ र प्रयोगात्मक अभ्यास गरिएको थियो ।डिजिटल सञ्चार क्षमता, सिर्जनात्मक कथा प्रस्तुतिकरण, सामाजिक सञ्जालमार्फत सचेतनामूलक अभियान सञ्चालन, तथा उपकरणहरूको जिम्मेवार प्रयोग सम्बन्धी ज्ञान र सीप अभिवृद्धि गर्ने  उद्देश्यले संचालित तालिमका प्रमुख विषयहरूमा डिजिटल कन्टेन्ट निर्माण, फोटोग्राफी तथा भिडियोग्राफी, स्क्रिप्ट लेखन, सामाजिक सञ्जाल व्यवस्थापन, प्रभावकारी सन्देश निर्माण, टुल्सको प्रयोगमार्फत कन्टेन्ट निर्माण, डिजिटल सेफगार्डिङ, तथा सामाजिक परिवर्तनका लागि प्रभावकारी कथा प्रस्तुतिकरण समावेश रहेका थिए ।

सहभागीहरूले व्यावहारिक अभ्यासमार्फत छोटा भिडियो, क्याप्सन, तथा जनचेतनामूलक सामग्री समेत तयार गरेका थिए । तालिममा युवा एम्बासडर तथा परियोजना कर्मचारी गरी ४० जनाको  सहभागीता रहेको थियो ।

कार्यक्रमको समापन सत्रमा बोल्दै बाँके युनेस्को क्लबका प्रविधिका सल्लाहकार बिनोय दिल लामाले अहिलेको युग डिजिटल युग भयकाले समय संगै प्रबिधि मैत्री हुन जरुरि छ ,साथै युवाहरुले समुदायमा संदेश प्रबाह गर्न कन्टेन्ट क्रेसन मार्फत संदेश दिन जरुरि भयको,साथै प्रयोग गर्दा साबधानी अपनाउने कुरामा समेत जोड दिनुभयो।

तेसै गरि सस्थाका उप निर्देशक गोविन्द प्रसाद लामिछानेले समुदायमा मानब बेचबिखन रोकथाम तथा नियन्त्रण गर्न ,बाल बिवाह बिरुद्ध संदेश प्रवाह गर्न युवा दुतको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो। बाँके युनेस्को क्लबका अध्यक्ष प्रवेज अलि सिद्दिकिले  शुभकामना सहित सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्नु भयको थियो ।

कार्यक्रममा प्लान इन्टरनेसनल नेपाल का बिभुराज आचार्य, हसरत अली कसगर, ऋचा ज्ञवाली र  दुर्गा क्षेत्रीले सहजीकरण गर्नुभएको थियो भने समग्र व्यवस्थापन तथा समन्वय ईश्वर बिक र सबित्रा भाट र प्रमिसा थारुले गर्नुभएको थियो। तालिम पश्चात सहभागीहरूले सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्मलाई बाल संरक्षण, मानव बेचबिखन विरुद्ध सचेतना, सुरक्षित आप्रवासन, लैंगिक समानता तथा सकारात्मक सामाजिक परिवर्तनका लागि जिम्मेवार रूपमा प्रयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

नेपालगन्ज, जेठ १ । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० …

डिजिटल साक्षरताको आवश्यकता बढदो

डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रम…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…