Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

डेक्स

डेक्स

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने
ADVERTISEMENT

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्रतियोगिताको उपाधिको लागि आइतबार प्रतिस्पर्धा गर्दैछन् । प्रतियोगिताको उपाधिको लागि पहिलो पटक दुबै टोलीले खेल्न लागेको हुन् ।

 प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा सीतापुर युनाइटेडले आयोजक योगिनी युवा क्लब ‘बी’ लाई १–० ले पराजित गरेको थियो । बाँके खजुरा गाउँपालिका वडा नम्बर–२ स्थित योगिनी माविको खेल मैदानमा भएको खेलमा घरेलु टोली विरुद्ध शम्भु थारुले गरेको एकमात्र गोल निर्णायक बन्यो । विपक्षी रक्षक अलमलिएको अवस्थामा थारुले २६औं मिनेटमा गोल गर्नु भयो । 

खेलमा सितापुर युनाइटेडका कप्तान राम ओली प्लेयर अफ द म्याच घोषित हुनु भयो । उहाँलाई प्रतियोगितामा आर्थिक सहयोग गर्ने मोती सुनार र पार्वती शाहीले प्लेयर अफ द म्याचको ट्रफी प्रदान गर्नु भयो । 

यसैगरी दोस्रो सेमिफाइनलमा राईजिङ स्टार क्लबले आयोजक योगिनी युवा क्लब ‘बी’ लाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गरेको छ । निर्धारित समय खेल गोलरहित बराबरीमा सकिएको थियो । पेनाल्टीमा राईजिङ स्टारको तर्फबाट प्रख्यात परियार, क्षितिज रानामगर र समिर कसेराले गोल गर्नु भएको थियो ।

योगिनी ‘बी’ को तर्फबाट निराजन जंग शाहीले मात्र गोल गर्नु भयो । खेलमा राईजिङ स्टारका गोलकिपर गोकर्ण पुनले प्लेयर अफ द म्याचको ट्रफी प्राप्त गर्नु भयो । उहाँलाई प्रतियोगिता आयोजना गर्न सहयोग गर्नु हुने पिमति राना क्षेत्री र नन्द बहादुर खत्रीले पुरस्कृत गर्नु भयो । 

योगिनी युवा क्लबको आयोजनामा भैरहेको प्रतियोगितामा बाँके र बर्दियाका १३ टिमको सहभागिता रहेको छ । 

चैतको २९ गते सम्म चल्ने प्रतियोगितामा मोडेल एफसी क्लब, सीतापुर युनाइटेड, जय किसान स्पोर्टस क्लब, मानवी स्पोर्टस क्लब, २७ स्टार क्लब, राईजिङ स्टार, एक्स आर्मी लेजेन्ड, चन्द्र ज्योती युवा क्लब, केवाईसी, योगिनी युवा क्लब ‘ए’ र एक्टिभ युवा क्लबको सहभागिता रहेको आयोजक योगिनी युवा क्लबका अध्यक्ष कमल पुनले बताउनु भयो । 

प्रतियोगिताको विजेताले ५१ हजार, उपविजेताले २५ हजार पुरस्कार पाउनेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, उत्कृष्ट रक्षक, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट स्ट्राइकरलाई पुरस्कृत गरिने आयोजक क्लबका अध्यक्ष पुनले बताउनु भयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…