Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नाटा बाँकेद्वारा निबन्ध प्रतियोगिता र अभिमुखीकरण

डेक्स

डेक्स

नाटा बाँकेद्वारा निबन्ध प्रतियोगिता र अभिमुखीकरण
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा,

नेपालगंज ३० फागुन । नेपाल क्षयरोग निवारण संस्था,बाँके शाखाको आयोजनामा निबन्ध प्रतियोगिता र विद्यालयमा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

क्षयरोग निवारणको बारेमा समुदायमा जनचेतना अभिबृद्धि गर्ने अभिप्रायले विद्यालयका बालबालिकाहरु मार्फत बढी भन्दा बढी सूचना प्रवाह गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको कुरा क्षयरोग निवारण संस्थाका सभापति जनकराज भण्डारीले बताउनुभयो । 

शुक्रवार नेपालगन्ज स्थित नारायण माध्यमिक विद्यालयमा जुनियर नाटा गठन र क्षयरोग निवारण सम्बन्धमा अभिमुखीकरण गरिएको थियो । उक्त कार्यक्रमको सहजीकरण नाटाका पूर्वकेन्द्रीय सदस्य एवं स्वास्थ्य विज्ञ सेमराज शाक्यले क्षयरोगको लक्षण, रोकथाम र उपचारको बारेमा जानकारी दिनु भएको थियो । 

अभिमुखीकरण कार्यक्रममा क्षयरोगको लक्षणहरु तीन हप्ता वा सो भन्दा बढी समय देखि लगातार खोकी लागिरहनु, छाती दुख्नु, साँझपख ज्वरो आउनु, खाना नरुच्नु, दुब्लाउँदै जानु, तौल घट्दै जानु, खकारमा रगत देखिनु क्षयरोगको लक्षण हो भन्ने जानकारी दिनु भएको थियो ।

यसका साथै यदि हड्डी वा हड्डीको जोर्नीमा क्षयरोग भएको खण्डमा यी माथिल्लो लक्षण बाहेक हड्डी दुख्ने, सुन्निने, छाला रातो हुने जस्ता लक्षणहरू देखिन्छ । त्यस्तै ग्रन्थिमा क्षयरोग भएमा ग्रन्थिमा पीप बग्ने, गाँठो बढ्दै जाने, आन्द्रामा भएको भए खाना कम रुच्ने, कब्जियत हुने जस्ता समस्या देखिन थाल्छन् शाक्यले भन्नुभयो ।

मस्तिष्कमा भए टाउको दुख्ने, बान्ता हुने, बेहोस हुने जस्ता लक्षण देखिन्छ भने मुटुमा भए श्वास फेर्न गाह्रो हुने, थोरै हिंड्दा पनि थकान महसुस हुने, स्याँ स्याँ हुने लक्षणहरू  देखिन्छ भन्ने कुराको जानकारी गराइएको थियो । 

यसैगरी शनिवार क्षयरोग निवारणमा युवाको भूमिका विषयक अन्तर विद्यालय स्तरीय निबन्ध प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा नारायण उच्च  मा।वि।, होलील्याड इग्ङिलस मिडियम स्कुल, सरस्वती  मा।वि।, धम्बोझी उच्च मा।वि। र भेरी इग्ङिलस मिडियम स्कुलका विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

नाटा बाँकेका सभापति जनकराज भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य रचना श्रेष्ठ, निवर्तमान सभापति बदरुद्दीन अन्सारी, सचिव बन्सन्त लामिछाने, सदस्य प्रहलाद विश्वकर्मा, प्रशान्त श्रेष्ठ र शिक्षक नायक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…