Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

सुरक्षित मातृत्व अभियान प्रभावकारी बनाइने : स्वास्थ्य मन्त्री सारु

डेक्स

डेक्स

सुरक्षित मातृत्व अभियान प्रभावकारी बनाइने : स्वास्थ्य मन्त्री सारु
ADVERTISEMENT

नेपालगन्ज १३ फागुन ।  लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रदेशमा मातृ तथा नवजात शिशु मृत्युदर न्यूनीकरणका लागि ‘सुरक्षित मातृत्व अभियान’ले सघाउ पुर्‍याउने बताउनुभएको छ ।  

प्रदेश सरकार, स्वास्थ्य मन्त्रालयले बाँके, बर्दिया, दाङ र प्युठानका स्थानीय तहका जनप्रतिनिधि तथा स्वास्थ्यकर्मीलगायत सरोकारवालासँग आज नेपालगन्जमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री सारुले त्यसका लागि १२ करोड ७४ लाख बजेट विनियोजन गरेर कार्यान्वयन सुरु गरिएको बताउनुभषे । 

मातृ मृत्युदर बढी रहेका २६ पालिकामा अभियान सुरु गरिएको उहाँको भनाइ थियो । यो वर्ष ४ करोड ४० लाख रुपैयाँ खर्च गरिँदैछ । करिव २७ हजार ६ सय आमालाई समेटिने लक्ष्य छ । उहाँले यो कार्यक्रमलाई प्रदेश सरकारको नवीनतम् र प्रगतिशील भएको पनि दावी गर्नुभयो। सेवामा पहुँच बढ्दै गएपनि अव गुणस्तरमा जोड दिनुपर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो,(ञस्वास्थ्यमा पनि सबैको पहुँच पुगेका छ । अव गुणस्तरीय सेवा प्रवाह गर्नुपर्छ । चाहे त्यो जनशक्तिको कुरा होस् चाहे उपकरण । यसमा प्रदेश सरकार निर्मम हुन्छ ।झ उहाँले स्वस्थ नागरिक देशको सम्पती भएको भन्दै स्वस्थ नागरिक बनाउन प्रदेश सरकारले पहल गरिरहेको बताउनुभयो । 

कार्यपत्र प्रस्तुत गर्दै स्वास्थ्य मन्त्रालयका वरिष्ठ नर्सिङ प्रशासक ईश्वरी केसीका अनुसार प्रदेशमा गर्भवती जाँच ९एएनसी० ८२ प्रतिशत र संस्थागत सुत्केरी ८७ प्रतिशत पुगेको छ । तर सुत्केरीपछिको जाँच ९पीएनसी० ६६ प्रतिशतमा सीमित रहनु सेवाको निरन्तरतामा चुनौती देखिएको छ ।

सार्वजनिक विवरणमा आर्थिक वर्ष २०८१र८२ मा ७९ हजार ५३६ संस्थागत सुत्केरी भएका छन् भने ७१४ घरमै सुत्केरी भएका छन् । यसैगरी, १०९ स्थानीय तहमध्ये ४८ ले शून्य घर सुत्केरी उपलब्धि हासिल गरे पनि ६१ स्थानीय तहमा घरमा सुत्केरी कायम रहनुले पहुँच र व्यवहार परिवर्तन दुवैमा थप काम आवश्यक रहेको देखिएको छ ।

लुम्बिनीको पाल्पामा मात्र शून्य घर सुत्केरी रहेको छ । बाँकेका ८ पालिकामध्ये ४ पालिकामा मात्रै शून्य घर सुत्केरी रहेको छ । प्रदेशको कुल प्रजनन दर ३।६ रहेको तथ्याङ्कले मातृ–नवजात स्वास्थ्य सेवामा थप सघन प्रयासको आवश्यकता औँल्याएको जनाइएको छ ।

मन्त्रालयले सेवामा देखिएको चुनौती अन्त्य गर्न गर्भावस्थाको चरणअनुसार प्याकेज ए, बी ९वान०, बी ९टू० र सी गरी विभिन्न प्रकारका प्याकेज कार्यक्रम राखिएका छन् । 

प्रदेश सरकार स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठको सभापतित्वमा भएको अन्तरक्रियामा जिल्ला समन्वय समिति बांकेका प्रमुख ज्ञानेन्द्र चौधरी, प्युठान माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी, घोराही उपमहानगरपालिकाका नगर उपप्रमुख हुमा डिसी, भेरी अस्पताल नेपालगन्जका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीलगायतले आमा मृत्यु दर रोक्न प्रदेश सरकारले सुरु गरेको अभियान प्रशंसनीय रहेको बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…