Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा

डेक्स

डेक्स

प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा
ADVERTISEMENT

नेपालगन्ज, ७ फागुन : नेपालगन्जमा शुक्रबारबाट हुन लागेको प्रथम नेपालगन्ज आदर्श तेक्वान्दो दोजाङ्ग प्रतियोगिता २०८२ को तयारी पुरा भएको छ । यही फागुनको ८ र ९ गते नेपालगञ्ज रंगशालामा हुन लागेको प्रतियोगितामा सहभागि हुनेहरुको नामावली, अथितिलगायतको सबै तयारी पुरा भएको आयोजक आदर्श तेक्वान्दो दोजाङ्गले जनाएको हो ।

विगत लामो समयदेखि यस औद्योगिक नगरी नेपालगन्जमा हालसम्म कुनै प्रकारको तेक्वान्दो प्रतियोगिता सञ्चालन नभएकोले प्रथम पटक तेक्वान्दो प्रतियोगिता आयोजना गरिएको आदर्श तेक्वान्दो दोजाङ्गका चन्द्र प्रकाश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा सहभागि हुने दोजाङ्गको नामावली आइसकेको, प्रमुख अथितिको टुंगो लागिसकेको छ । 

प्रतियोगितालाई नेपाल तेक्वान्दो संघका केन्द्रीय सदस्य श्रीमान थापा मगरले उद्घाटन गर्ने तयारी भएको राष्ट्रिय खेलकुद परिषदका कर्मचारी एवं प्रशिक्षकसमेत रहनुभएका श्रेष्ठले बताउनुभयो । लुम्बिनी प्रदेश अन्तर्गत नेपालगञ्ज उपमहानगरपालिकामा विगत २०४५ सालदेखि निरन्तर तेक्वान्दो खेलको प्रशिक्षण भईरहेको छ । यसरी विभिन्न समयमा तेक्वान्दो खेलाडीहरुले बाँके जिल्ला र नेपालगञ्जको नाम राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमासमेत राख्न सफल भएको श्रेष्ठले बताउनुभयो ।

प्रत्येक युवा तथा नागरिक अनुशासित, सभ्य, राष्ट्रप्रेमी र स्वस्थ रहे मात्र आफ्नो ठाउँ तथा जिल्ला र देशको परिवर्तनमा सहभागी हुन सक्ने भएकाले यस्ता प्रतियोगितालाई निरन्तर गर्न सकिए राम्रो हुने श्रेष्ठले बताउनुभयो । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने गरिन्छ,’ श्रेष्ठले भन्नुभयो, ‘यसको मुलमन्त्र पनि सबै संस्थाले पालना गर्नुपर्छ ।’ आदर्शको लक्ष्य पनि अब यस्तो प्रतियोगितालाई नियमित गर्नु रहेको श्रेष्ठले बताउनुभयो ।

नेपाल तेक्वान्दो संघ जिल्ला कार्यसमिति बाँकेका अध्यक्ष प्रकाश लामिछानेको अध्यक्षतामा हुने प्रतियोगिता संचालनका लागि आयोजकले निजी क्षेत्रसंग सहकार्य गरेको छ । प्रतियोगितामा २० वटा दोजाङ्गबाट करिब तीन सय जना खेलाडी सहभागी हुने भएका छन् । 

प्रतियोगितामा विजेता, उपविजेता र तृतीय हुनेलाई मेडल प्रमाणपत्र र नगद प्रदान गरिने जनाइएको छ । दुबै दिन बिहान ७ बजेदेखि सुरु हुने प्रतियोगितामा उपस्थितिका लागि सबै खेलप्रेमीलाई आयोजकले आग्रह गरेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…