Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै

डेक्स

डेक्स

डुडुवामा हात्तीपाइले विरुद्धको औषधी सेवन अभियानलाई प्रभावकारी बनाइदै
ADVERTISEMENT

डुडुवा (बाँके) ९ माघ बाँकेको डुडुवा गाउँपालिकामा १६औँ पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानलाई प्रभावकारी बनाउन विशेष तयारी गरिएको छ । आज शुक्रबारदेखि १० दिनसम्म अभियान सञ्चालन हुनेछ ।

यस पटकको अभियानलाई प्रभावकारी बनाउन दिनभर र साँझ रातीको समयमा स्वास्थ्यकर्मीहरु घरदैलो गरेर औषधी खुवाइने स्वास्थ शाखा प्रमुख सिताराम चौधरीले बताउनुभयो । 

‘गाउँ, टोलटोल मै पुगेर जहाँ औषधी खुवाउन समस्या हुन्छ, त्यहीँ प्रवुद्ध व्यक्तित्वलाई उभ्याएर समुहगत छलफल तथा कार्यक्रममार्फत बुझाउने तथा उत्प्रेरणा प्रदान गरिनेछ,’ उहाँले भन्नुभयो, ‘स्वास्थ्य सेवामा अगाडी रहेको डुडुवा हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानको असफलताले दुःख लागेछ, यस पटक यसपटक ८० प्रतिशतमा कभरेज पुर्याउनै पर्छ।’

बिहीवार डुडुवामा पालिकास्तरीय हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानको अभिमुखिकरण तथा योजना तर्जुमा गोष्ठी कार्यक्रममा यस वर्ष अभियानलाई सफल बनाउने विषयमा जोड दिएको थियो । 

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रामकुमार महतोले हात्तीपाइले निवारण बारे प्रस्तुतीकरण गर्दै हात्तीपाइले रोगको समस्या, निदान, औषधी सेवनको फाइदालगायतका बारेमा जानकारी गराउनुभएको थियो । 

कार्यक्रममा जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्र कुमार चौधरीले आफ्नै वडामा १६ औं पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियान चलाउनु परेकोमा दुख व्यक्त गर्दै भन्नुभयो, ‘म जिम्मेवार छु, तपाईहरूसँग हातेमालो गरेरै यो अभियानलाई सफल बनाउन लागिपर्छ,’ । 

डुडुवा – ३ का वडाध्यक्ष आमोद तिवारीले आफ्नो वडामा १६ औं पटक हात्तीपाइले विरुद्ध आम औषधी सेवन अभियानलाई सफल बनाउने गरि जुनसुकै समयमा सक्रिय रुपमा परिचालित हुने प्रतिबद्धता गर्नुभयो । डुडुवाको वडा नम्बर २ सबैभन्दा जोखिमको अवस्थामा रहेको तथ्याङ्कले देखाएको छ ।  

यसपटकको अभियानमार्फत डुडुवा गाउँपालिकाका ४३ हजार ९७५ जना, नरैनापुर गाउँपालिकाका ४३ हजार ८९९ र नेपालगन्ज उपमहानगरपालिकाका १ लाख ६९ हजार ३३९ गरी कुल ३ लाख ५७ हजार ५१३ जनालाई औषधी खुवाउने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उक्त अभियान सञ्चालनका लागि रु करिब ४३  लाख बढी बजेट खर्च हुनेछ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…