Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

प्रहरी अस्पतालको स्तरबृद्धि गरिने छ : मुख्यमन्त्री आचार्य

डेक्स

डेक्स

प्रहरी अस्पतालको स्तरबृद्धि गरिने छ :  मुख्यमन्त्री आचार्य
ADVERTISEMENT

नेपालगन्ज, २६ असार । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले प्रहरी अस्पतालको स्तर वृद्धिमा विशेष ध्यान दिने बताउनुभएको छ । नेपालगञ्जस्थित लुम्बिनी प्रदेश प्रहरी अस्पतालमा नवनिर्मित शल्यक्रिम थिएटर भवनको आज यहाँ उद्घाटन गर्दै यसलाई १५ शैय्यामा सीमित नराखी ५० शैयाको अस्पतालका रूपमा विकास गरिने बताउनुभयो । 

मुख्यमन्त्री आचार्यले भन्नुभयो, ‘यसलाई १५ शैयामा सीमित गर्नुहुँदैन, अबिलम्ब आवश्यक पर्ने कागजातहरू प्रदेशको स्वास्थ्य मन्त्रालयमा पठाउन निर्देशन दिन्छु ।’ प्रदेश सरकारको तर्फबाट यसलाई विधिवतरूपमा ५० शैयाको अस्पतालका रूपमा स्तर वृद्धि गरेर अगाडी बढाउनेछौं ।’ 

मुख्यमन्त्री आचार्यले आगामी दिनमा यो अस्पताललाई विशिष्टिकृत अस्पतालका रूपमा विकास गरिने भन्दै सेवा सुविधा विस्तारका लागि प्रदेश सरकारले आवश्यक सहयोग प्रतिबद्धता गर्नुभयो ।  ‘उपकरणहरू र विशेषज्ञ जनशक्तिको व्यवस्थापन गर्न प्रदेश सरकारले आवश्यक पहल गर्नेछ,’ उहाँले भन्नुभयो, ‘यसका लागि अस्पताल व्यवस्थापन समितिले ध्यान दिन जरुरी छ ।’ 

लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री खेम बहादुर सारुले भविष्यमा जलन उपचारका लागि विशेषज्ञ सेवा विस्तार गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो । 

आन्तरिक मामिला तथा कानुन मन्त्री आदेश कुमार अग्रवालले लुम्बिनी प्रदेश प्रहरी अस्पताललाई आफूले यस क्षेत्रको गौरवको रुपमा लिएको भन्दै यो अस्पतालले प्रहरी मात्र नभई अन्य विरामीलाई पनि सेवा दिनुपर्नेमा जोड दिनुभयो । 

लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक राजेन्द्र प्रसाद भट्टको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. दीपा न्हुच्छे प्रधान, प्राविधिक प्रहरी नायब उपरीक्षक इन्जिनियर नितिन लाखे लगायतले बोल्नुभएको थियो । 

लुम्बिनी प्रदेश सरकारको रु ७ करोड ७७ लाख बढीको लागतमा उक्त भवन निर्माण गरिएको हो । 

–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…