Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता

डेक्स

डेक्स

प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता
ADVERTISEMENT

नेपालगञ्ज । बाँकेमा प्रथम शिखा जिल्लास्तरीय पौडी प्रतियोगिता हुने भएको छ । शिखा एकेडेमी कोहलपुरको आयोजना तथा नेपालगञ्ज पौडी क्लबको समन्वयमा आयोजना हुने पौडी प्रतियोगिताबारे बुधबार नेपालगञ्जमा पत्रकारमार्फत जानकारी गराइएको छ । 

यही चैत २३ गते शनिबार हुने प्रतियोगितामा जिल्लाका १५ विद्यालयका ६५ जना विद्यार्थीहरुको सहभागिता रहने आयोजक शिखा एकेडेमीका अतिरिक्त क्रियाकलाप प्रमुख सुर्यमणि अधिकारीले जानकारी दिनुभयो। जसमा १७ जना महिला र ४८ जना पुरुष छन् ।

यस प्रकारको प्रतियोगिता काठमाडौं बाहिर पहिलो पटक हुन लागेको छ । प्रतियोगितामा ८ देखि १७ बर्ष उमेरका विद्यार्थीले प्रतिष्पर्धा गर्नेछन् । शिखाले आफ्नै पौडी पोखरीमा प्रतियोगिता आयोजना गर्दैछ । 

पौडी खेलको विकास गर्ने उद्देश्यका साथ विद्यालयले नेपालगञ्ज पौडी क्लबसंग समन्वय गरी जिल्लास्तरीय प्रतियोगिता आयोजना गर्न लागेको अधिकारीले बताउनुभयो । यसले पौडी खेलाडीहरुको प्रतिभालाई उजागर गर्ने आयोजकको विश्वास छ ।

पत्रकार सम्मेलनमा शिखा एकेडेमीका अध्यक्ष गोपाल प्रसाद अधिकारी, सिईओ डा। राजकुमार सुवेदी, प्रिन्सिपल ई। राजीव सुवदी लगायतले विद्यालयबारे जानकारी गराउँदै पढाईसंगै अतिरिक्त क्रियाकलापमा जोड दिनुभयो। 
त्यस अवसरमा किड्स किंगडमका अध्यक्ष माधव प्रसाद अधिकारी, स्विमिङ संघ लुम्बिनी उपाध्यक्ष सञ्जय थापा लगायत विद्यालय संचालक सदस्यहरुको उपस्थिति थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…