Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा चार सय स्वयंसेवकलाई विपद्मा खोज र उद्धारको तालिम

डेक्स

डेक्स

नेपालगन्जमा चार सय स्वयंसेवकलाई विपद्मा खोज र उद्धारको तालिम
ADVERTISEMENT

नेपालगन्ज, ३ साउन । विपद् व्यवस्थापनका लागि नेपालगन्जमा सामुदायिक आपत्कालीन प्रति कार्य टोली निर्माण गरेर चार सय जना स्वयंसेवकलाई खोज तथा उद्धार प्राथमिक उपचार र आगलागी नियन्त्रण सम्बन्धी तालिम दिइएको छ। चार सय जनालाई कृत्रिम घटना अभ्यासमा संलग्न गराइएको नेपाल रेढक्रस सोसाइटी बाँकेका उप निर्देशक दोलबहादुर डाँगीले बताउनुभयो । 

तालिम प्राप्त स्वयंसेवकहरुले विपद्को जनेखिम न्युनीकरण, पुर्व तयारी र सावधानी तथा खोज र उद्धार, प्राथमिक उपचारलगायतका बारेमा अन्य स्थानीयलाई सचेत गराइरहेका छन । 

नेपालगन्जमा सञ्चालन गरिएको सहरी विपद् तथा भूकम्पीय पूर्व तयारी परियोजना (सूपर)ले गर्दा विपद् व्यवस्थापन तथा पूर्व तयारीका विभिन्न प्रभावकारी काम गरिएको नेपालगन्ज उपमहानगरका उपमेयर कमरुद्दीन राईले बताउनुभयो। उहाँले नगरमा विपद् व्यवस्थापनका लागि सञ्चालित परियोजनाले ठुलो सहयोग पुगेको भन्दै उपमहानगरपालिकाले आगामी दिनमा विपद्को समयमा प्रभावकारी कार्य गर्ने क्षमता विकास भएको बताउनुभयो। 

नेपालगन्जका केही पुराना बस्ती भूकम्पको धेरै ठुलो जोखिममा रहेकोले सञ्चालन गरिएको आवासीय बिमा कार्यक्रमले निकै राहत पुग्ने छ । विपद् समिति नेपालगन्जका संयोजक समिरप्रताप सिंहले कुनै पनि विपद्का लागि नेपालगन्जलाई नयाँ तरिकाले पूर्ण रूपमा तयार पारिएको जनाउँदै क्षतिलाई कम भन्दा कममा सीमित पार्ने योजना रहेको बताउनुभयो। 

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) ले नेपालगञ्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारी बारे सचेतना, विपद् सम्वन्धी स्थानीय तहको संरचनालाई सबलीकरण गर्ने, विपद्को बेला अन्तरपालिका समन्वय र विषयगत क्षेत्रको अवधारण स्थापित र विपद् पुर्व तयारी कालागि स्थानीय अवस्था अनुकुलित विभिन्न नमूना अभ्यासहरु प्रर्दशन गर्ने (जस्तै रेट्रोफिटिङ्ग, स्वय्मसेवक तालम, आगलागी समन्धी अभिमुखीकरण, विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि स्थानीय सरकारसंग मिलेर पैरवी गर्दै आएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…