Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम

सम्वाददाता

सम्वाददाता

नेपालगन्जका नगर प्रहरीलाई खोज, उद्धार तालिम
ADVERTISEMENT

नेपालगन्ज, २७ जेठ । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरीलाई खोज तथा उद्धारका बारेमा क्षमता अभिबृद्धि गरिएको छ । सुपर परियोजनाको सहकार्यमा नेपालगन्ज उपमहानगरपालिकाले आफ्ना नगर प्रहरीलाई दक्ष बनाएको हो । 

विपद्का बेला फसेकाहरुलाई उद्धार गर्ने, भत्किएको घरबाट मानिसलाई कसरी उद्धार गर्ने, रुख विरुवा ढलेर वा भित्ता भत्किएको बेला रुख, भित्ता र टिनका पाता र सरिया काट्ने तरिका, घरभित्र फसेकालाई बाहिर कसरी ल्याउने र घटनामा घाइतेहरुको तत्काल उद्धार तथा उपचारका लागि अस्पताल पुरयाउने लगायतका विषयमा तालिम प्रदान गरिएको नेपालगन्ज उपमहानगरपालिकाका विपद् समितिका संयोजक समिर प्रताप सिंहले बताउनुभयो । 

बाँकेको शम्सेरगन्जस्थित शसस्त्र प्रहरी बेस क्याम्पमा गरिएको चारदिने तालिममा सहभागी २० जना नगर प्रहरीलाई प्रयोगात्मक अभ्यास गराइएको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र नेपालगन्ज उपमहानगरपालिकाका सूचना व्यवस्थाप अधिकृत रुपन ज्ञवालीले बताउनुभयो । 

उहाँका अनुसार प्रहरी केन्द्रमा तालिमका लागि नमूना माटोको घर, भित्ता, टिनको छानालगायत सामाग्री निमार्ण गरिएको थियो । नगरप्रहरीलाई तालिम प्राप्त शसस्त्र प्रहरीहरुले तालिम प्रदान गरेका थिए ।

नेपालगन्ज शहरमा विपद्को बेला नगर प्रहरीलाई दक्ष तथा एलर्ट बनाइ पुर्व तयारीका लागि तालिम प्रदान गरिएको हो । चारदिने तालिम आज आइतबार सकिएको छ । 

युरोपियन युनियनको आर्थिक सहयोग, युएनडिपी, युनिसेफ, युएनओमेनसंगको साझेदारी र नेपालगञ्ज उपमहानगरपालिका तथा नेपाल रेडक्रसको समन्वयमा नेपालगञ्जमा सञ्चालित शहरी विपद् तथा भूकम्पिय पूर्वतयारी परियोजना (सुपर) ले नेपालगञ्जमा विपद् व्यवस्थापन तथा पुर्वतयारी बारे सचेतना, विपद् सम्वन्धी स्थानीय तहको संरचनालाई सबलीकरण गर्ने, विपद्को बेला अन्तरपालिका समन्वय र विषयगत क्षेत्रको अवधारणा स्थापित र विपद् पुर्व तयारीका लागि स्थानीय अवस्था अनुकुलित विभिन्न नमूना अभ्यासहरु प्रर्दशन गर्ने, विपद् पुर्ब तयारी र प्रतिकार्यका लागि स्थानीय सरकारसंग मिलेर पैरवी गर्दै आएको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

नेपालगन्ज, जेठ १ । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० …

डिजिटल साक्षरताको आवश्यकता बढदो

डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रम…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…