Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

युनियनको ३३औं स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल

सम्वाददाता

सम्वाददाता

युनियनको ३३औं स्थापना दिवसमा मैत्रीपुर्ण फुटसल
ADVERTISEMENT

नेपालगञ्ज, १२ जेठ । नेपाल प्रेस युनियनको ३३औं स्थापना दिवसको अवसरमा नेपालञ्जमा मैत्रीपुर्ण फुटसल गरिएको छ । नेपाल प्रेस युनियन बाँके शाखाले आयोजना गरेको मैत्रीपुर्ण फुटसलमा प्रेस युनियन सम्वद्ध महिला पत्रकार र नेपाल प्रजातान्त्रिक व्यवसायी संघसँग आवद्ध महिला उद्यमीहरुले प्रतिस्पर्धा गर्नु भएको थियो ।

स्थापना दिवसको अवसरमा आइतबार युनियन बाँके शाखाले जिल्लामा क्रियाशिल सम्पुर्ण पत्रकारहरुको निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरेको छ । शनिबार बिहान बागेश्वरी फुटसल एण्ड स्पोटर््स हब नेपालगन्जमा भएको खेलमा महिला उद्यमी र महिला पत्रकारले दुबै टिमले १–१ गोल गर्नु भएको थियो । 

महिला पत्रकार तर्फबाट साबित्री गिरीले गोल गर्नु भएको थियो भने महिला उद्यमीहरुको तर्फबाट मिना चौधरीले गोल गर्नुभयो । यसैगरी प्रेस युनियन सम्वद्ध पुरुष पत्रकार र नेपाल स्वास्थ्यकर्मी संघ बाँकेसँग आवद्ध स्वास्थ्यकर्मीबिच अर्को मैत्रीपुर्ण फुटसल भएको थियो । सो खेलमा स्वास्थ्यकर्मीले पत्रकारको टिमलाई ७–० ले हराउनु भयो ।

स्वास्थ्यकर्मीको तर्फबाट डा.शिविन साहुले २ गोल, डा. शिखर शाही, सन्देश शाही, कपिल विष्ट, शिविर रेग्मीले १–१ गोल गर्नु भएको थियो । 

शनिबार मैत्रीपुर्ण फुटसल खेलको उद्घाटन नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले गर्नु भएको थियो । नेपाल प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृती ढकालको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा उपाध्यक्ष कमल खत्रीले स्वागत मन्त्व्य राख्नु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष शुक्रऋषी चौलागाई, नेपाल प्रेस युनियन लुम्बिनी प्रदेश उपाध्यक्ष जयसिंह केसी, महासचिव नविन गिरी, सचिवालय सदस्य गौरव गिरी, नेपाल पत्रकार महासंघ बाँके उपाध्यक्ष करुणा शाह, महिला उद्यमी संघ नेपाल बाँके अध्यक्ष सावित्रा बस्नेत पोख्ररेल लगायतको सहभागिता रहेको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…