Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

डुडुवामा मातृ मृत्युदर घटाउनुपर्नेमा जोड

सम्वाददाता

सम्वाददाता

डुडुवामा मातृ मृत्युदर घटाउनुपर्नेमा जोड
ADVERTISEMENT

नेपालगन्ज ४ जेठ । बाँकेको डुडुवामा मातृ मृत्युदर उच्च भएकाले सोको नियन्त्रणका लागि प्रभावकारी व्यवस्थापन गर्नुपर्नेमा जोड दिइएको छ । स्वास्थ्य निर्देशनालय लुम्बिनी प्रदेशद्धारा नेपालगञ्जमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी डुडुवाका जनप्रतिनिधीले मातृ मृत्युदर घटाउनका लागि विशेष ध्यान दिई प्रभावकारी सेवा प्रदान गर्नुपर्ने बताएका थिए । 

उनीहरुले डुडुवामा स्वास्थ्य क्षेत्रमा विशेष कार्यक्रम संचालन गरिएकाले मातृ मृत्युदरमा घटाउनका लागि रणनिति बनाएर काम गर्न आग्रह गर्दै गाउँका गर्भवती महिलालाई सुविधासम्पन्न स्वास्थ्य संस्थामा प्रसुती गराउनुपर्ने बताएका थिए । समुदायस्तरमा स्वास्थ्य सचेतना अभिबृद्धिका कार्यक्रम संचालन गरि महिलाहरुलाई सचेत बनाउनुनपर्ने डुडुवा ५ नं. का वडा अध्यक्ष झंकबहादुर थापाले बताउनुभयो । 

निर्देशनालयले प्रस्तुत गरेको तथ्याँक अनुसार लुम्बिनी प्रदेशमै बाँके जिल्ला संस्थागत प्रसुति दर उच्च रहेपनि मातृ मृत्युदर बढेको पाइएको छ । संस्थागत प्रसुति सेवामा १६८ प्रतिशतले सेवा लिएका छन् भने डुडुवा गाउँपालिकामा ८३ प्रतिशतले सेवा लिएको निर्देशनालयका तथ्यांक अधिकृत मानबहादुर वलीले बताउनुभयो । उहाँको अनुसार डुडुवामा आर्थिक वर्ष २०८०÷०८१ मा दुई जना आमाको ज्यान गएको छ । 

बाँकेमा मातृ मृत्यु हुनुमा समुदायस्तरमा जनचेतनाको कमी, स्वास्थ्य क्षेत्रलाई बढी प्राथमिकता नपर्नु, धेरै पटक गर्भवती हुनु, सन्तुलित आहारको कमी, प्रसुती केन्द्रमा ल्याब सेवा तथा आरयुएसजीको प्रावधान नहुनु, घरमै बच्चा जन्माउनुलगायतका समस्या रहेको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले बताउनुभयो । 

कार्यक्रममा डुडुवाका वार्ड नं. ३ का अध्यक्ष आमोद तिवारी, ५ का अध्यक्ष झंकबहादुर थापा, ६ का अध्यक्ष मोहनराम मिश्र, कार्यपालिका सदस्य सम्सुद्दिन सल्मानी, नेपालगञ्ज मेडिकल कलेज कोहलपुरका निर्देशक रेशम बहादुर राना लगायतले बोल्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…