Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत

सम्वाददाता

सम्वाददाता

नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत
ADVERTISEMENT

नेपालगन्ज, ११ चैत । नेपालमा क्षयरोगबाट हुने मृत्युदर ३ प्रतिशत रहेको छ । विश्व क्षयरोग दिवसका अवसरमा आज नेपालगन्जमा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशमा ३.३ र बाँकेमा २.८ प्रतिशत क्षयरोगबाट हुने मृत्युदर रहेको तथ्यांक प्रस्तुत गरिएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन रविन्द्रकुमार साहका अनुसार नेपालबाट सन् २०५० सम्ममा क्षयरोग उन्मूलन गर्ने लक्ष्य छ भने सन् २०३५ सम्ममा क्षयरोगको महामारी अन्त्य गर्ने लक्ष्य निर्धारण गरिएको छ । 

क्षयरोगीहरुको उपचारका लागि नेपालमा स्थापना गरिएका डट्स सेन्टरको संख्या ६२०९ छ । यी सेन्टरबाट नियमित उपचार चलिरहेको छ । लुम्बिनी प्रदेशमा यो संख्या ९०२ रहँदा बाँकेमा ८७ वटा डट्स सेन्टर छन् । साहका अनुसार मुलुकभर जीर्ण क्षयरोग सेन्टर २४, लुम्बिनीमा ४ र बाँकेमा १ वटा छन् ।

बाँकेमा ५३९ क्षयरोगी थपिएका छन् । चालू आर्थिक वर्षको सात महिनामा मात्रै जिल्लामा ५३९ जना क्षयरोगी थपिएको स्वास्थ्य कार्यालय बाँकेका क्षयरोग फोकल पर्सन साहले जानकारी दिनुभयो  । चालू आर्थिक वर्षमा क्षयरोग पुष्टि भएका मध्ये ६ जना एचआइभी पोजिटिभ रहेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/०८० मा बाँकेमा १ हजार १ सय २ जना क्षयरोगी पत्ता लागेको साहले बताउनुभयो । ती क्षयरोगी मध्ये ५ जनामा एचआइभी पोजिटिभ समेत रहेको थियो ।

स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगदबहादुर शाहीले क्षयरोग नियन्त्रणका लागि जनचेतना र परीक्षण आवश्यक रहेको बताउनुभयो । क्षयरोगबारे सचेत बनाउन सकियो भने नियन्त्रणमा लिन सहज हुन्छु, शाहीले भन्नुभयो। स्वास्थ्य कार्यालय बाँकेका प्रमुख शाहीको अध्यक्षतामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । त्यसक्रममा स्वास्थ्य कार्यालय बाँकेका नसर्ने रोग फोकल पर्सन नरेश श्रेष्ठ र टिबी नेपालका कमल ढकालले प्रस्तुतिकरण गर्नुभएको थियो । 

स्वास्थ्य कार्यालयकी मलेरिया निरीक्षक दुर्गा गौतमले संचालन गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले बोल्नुभएको थियो । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…