Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु
ADVERTISEMENT

नेपालगन्ज, ६ चैत । बाँके जिल्ला फुटबल सङ्घको आयोजनामा मङ्गलबारदेखि नेपालगन्जमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ ।

चैत ९ गतेसम्म सञ्चालन हुने कोर्समा बाँके, बर्दिया, सुर्खेत, दाङ, कैलाली, डोटी, कालिकोट, काठमाडौँ लगायतका जिल्लाबाट ४३ जनाको सहभागिता रहेको छ । नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्ट, बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दीप जङ्ग शाहले कोर्सको शुभारम्भ गर्नुभयो । 

आयोजक बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष भोजराज शाहीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा एन्फा कार्यवाहक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का, एन्फा हेड अफ कोच एजुकेसन संजित सिंह, एन्फाका पूर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल सङ्घका सदस्य गोवर्धन सिंह सम्झना, साबिक मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द, बाँके जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सन्तोष श्रेष्ठ, पूर्व राष्ट्रिय खेलाडी दिपबहादुर महतारा, निजामुद्दिन सिद्धिकी९मुन्ना० लगायतको उपस्थिति रहेको थियो । 

चार दिनसम्म चल्ने एन्फा कम्युनिटी कोचिङ कोर्समा सहभागी भएकाहरूलाई एन्फा कार्यवाहक प्राविधिक निर्देशक एवम् नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरि खड्का र एन्फा हेड अफ कोच एजुकेसन संजित सिंहले प्रशिक्षण दिनु हुनेछ । 

कोर्षको उद्घाटन समारोहलाई सम्बोधन गर्दै नेपालगन्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्टले खेलाडीलाई संरक्षण र सम्मान गर्ने वातावरण निर्माण गरिनु पर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘खेलकुदका पूर्वाधार निर्माणमा राज्यले करोडौँ रुपियाँ लगानी गरेको छ । तर प्रयोग गर्न नपाएको गुनासो आइरहेको छ । खेलाडी उत्पादन गर्न राज्यले लगानी पर्छ । तर हामीले शोषण गरिरहेका छौँ । खेलाडीहरूले जुत्ता लगाएर होइन चप्पल लगाएर खेल्नु पर्ने अवस्था छ । यसलाई बुझेर नेपालगन्जले राष्ट्रिय मात्र होइन स्थानीय खेलाडीलाई सहयोग गर्ने वातावरण निर्माण गरिरहेका छौँ ।’’

नेपालगन्ज उप–महानगरपालिकाले छिटै खेलकुद विकास समिति निर्माण गरेर अगाडी बढ्ने मेयर विष्टले बताउनुभयो । बाँके जिल्ला फुटबल सङ्घका अध्यक्ष एवम् एन्फा सदस्य भोजराज शाहीले मैदान अभावका कारण फुटबलका गतिविधिमा असर गरिरहेको छ । नेपालगन्जमा सुरु भएको एन्फा कम्युनिटी कोचिङ कोर्सले सामुदायिक स्तरबाट फुटबल खेलाडी उत्पादनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

उहाँले भन्नु भयो, ‘‘खेलाडीहरूमा नयाँ उत्साह र आकर्षित गर्न जरुरी छ । तालिम लिने प्रशिक्षकहरूको लागि यो ठुलो जिम्मेवारी निर्वाह गर्ने अवसर मिलेको छ । यो राम्रो अवसर पनि हो । सबै खेलाडी कोच बन्न सक्दैन । हामीले पूर्व कप्तान हरि खड्का र संजित सिंह जस्तो दक्ष प्रशिक्षक पाएका छौँ । यो गर्वको कुरा हो । यसलाई प्रशिक्षकले सदुपयोग गर्न सक्नु पर्छ ।’’ 

बाँके जिल्ला खेलकुद विकास समिति अध्यक्ष सन्दीप जङ्ग शाहले नेपालमा खेलाडीहरूलाई संरक्षण गर्न नसक्नु ठुलो समस्या बन्दै गएको बताउनुभयो । 

कार्यक्रममा एन्फाका पूर्व उपाध्यक्ष एवम् बाँके जिल्ला फुटबल सङ्घका सदस्य गोवर्धन सिंह सम्झना, संजित सिंह, साबिक मध्य पश्चिम क्षेत्रीय खेलकुद विकास समिति लुम्बिनी प्रदेशका कार्यालय प्रमुख महेश चन्द लगायतले कोर्षको सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । 

एन्फाले ५ वर्षअघि देखि एन्फा कम्युनिटी कोर्षको सुरुआत गरेको हो । बाँकेमा भइरहेको कोर्समा ३२औँ ब्याचले प्रशिक्षण लिइरहेको छ । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…