Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

समृद्धि फाउण्डेसनद्धारा ५३ जना रक्तदान

सम्वाददाता

सम्वाददाता

समृद्धि फाउण्डेसनद्धारा ५३ जना रक्तदान
ADVERTISEMENT

पवन जायसवाल 
नेपालगन्ज २ चैत । बाँकेको समृद्धि फाउण्डेसन नेपाल बाँकेद्वारा आयोजित रक्तदान कार्यक्रममा महिला पुरुष गरी ५३ जनाले रुवयंसेवी रक्तदाताहरुले रक्तदान गरेका छन् । 

जानकी गाउँपालिका वार्ड नं.–३ को आर्थिक सहयोग र नेपाल स्वयंसेवी रक्तदाता समाज उप–शाखा जानकी गाउँपलिकाको समन्वयमा फाल्गुन ३० गते बुद्धवार जानकी गाउँपालिका ३ नं.वडा कार्यालयको परिसरमा आयोजित कार्यक्रमका प्रमुख अतिथि वडा ३ नं.का वडाध्यक्ष राज कुमार वर्मा, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरी, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँके अध्यक्ष दिला शाह, उप–शाखा जानकी गाउँपालिका अध्यक्ष धर्मराज वर्मा, जिल्ला सल्लाहकार पूर्णलाल चुके, कोषध्यक्ष मनमोहन वर्मा लगायतले संयुक्त रुपमा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, गोमा सुनारलाई रगत संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको.उद्घाटन गर्नुभएको थियो । 
 रक्तदान कार्यक्रममा ३ नं.–का वडाध्यक्षका राज कुमार वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज उपशाखा जानकी गाउँपालिका अध्यक्ष धर्मराज वर्मा, समृद्धि फाउण्डेसन नेपाल बाँकेका अध्यक्ष महेश कुमार चौधरी, लक्षमण प्रसाद चमार, सर्वेस प्रताप सिंह, राजेन्द्र सिंह, दुर्गेश सिंह, संग्रहमा थापा, युवराज सिंह, लक्षमण बिश्वकर्मा, अभिषेक वर्मा, पवन चन्द, राजेन्द्र बुढा, दिपक राँढ, अमीन दर्जी, अर्जुन प्रासद वर्मा, राम सुख गडरिया, दिनेश कुमार वर्माले रक्तदान गर्नुभएको छ । 
यसैगरि पकंज कुमार वर्मा, राम शरण यादव, बिजय कुमार वर्मा, दिलिप कुमार, इरसाद शेष, राकेश कुमार राँढ, दिपेन्द्र बहादुर, ३ नं.वडा सदस्य हुसेनी अहिर, अजय वर्मा, गुगिता मण्डल, अनिता श्रेष्ठ, बिनोद कुमार काँदु, अशोक कुमार वर्मा, रामसागर राँढ, राजिव वर्मा, दिनेश पासी, उमेश कुमार वर्मा, सुनिल वर्मा, शिवम् कुमार वर्मा, मिलन खत्री, लक्षमण प्रसाद सोनार, राजेन्द्र धोबी, निराजन वर्मा, राम अचल कुर्मी, दिलिप कुमार वर्मा, राम आषिश राँढ, प्रेम यादव, बिवेक कुमार शुक्ला, केशव बहादुर चन्द, बिक्रम वर्मा, रियाज मनिहार, पंकज वर्मा, इमरान अहमद सिद्दीकी, कन्धईलाल वर्मा, गौरी पुरी लगायतले रक्तदान गर्नुभएको छ । 
सो कार्यक्रममा जिल्ला कोषाध्यक्ष मनमोहन वर्माले स्वागत मन्तव्य व्यक्त गरेका थिए । सो रक्तदान कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्रका प्राविधिक सोम प्रसाद सापकोटा, सन्दिप आचार्य, सुनिता कुमाई, सञ्जय बढही, गोमा सुनारले प्राविधिक सहयोग गर्नु भएको थियो । 

स्वाथ्य विज्ञानका अनुसार नियमित रक्तदान गर्ने पुरुषहरुमा हुनसक्ने आइरन ओभर लोड कम हुने र हृदयाघात हुने सम्भावना ८८ प्रतिशत कम हुन्छ । आइरन बढी हुने भएकोले नियमित रक्तदान गर्ने पुरुषहरुमा मधुमेह र क्यान्सर रोग हुने सम्भावना कम हुन्छ । त्यसैगरि रक्तदान गरेपछि शरीरमा नयाँ रक्त कोशिकाहरु बन्ने हुँदा रक्त प्रणाली पुनर्ताजगी हुन्छ र रक्तदान गरे जति रगतको मात्रा ४ साता भित्र तयार हुने हुँदा हरेक तीन महिनाको फरकमा रक्तदान गर्दा शारीरिक रुपमा पनि स्फुर्ती आउने गर्छ ।

सो कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका सल्लाहकार पवन जायसवाल, आयोजक संस्थाका पदाधिकारी, ३ नं. वडा कार्यालयका कर्मचारी, स्थानीयबासीहरुको सहभागिता रहेको थियो ।     
 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…