Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

दादुरा–रुबेलाविरुद्धको खोप अभियानबारे अन्तरक्रिया

सम्वाददाता

सम्वाददाता

दादुरा–रुबेलाविरुद्धको खोप अभियानबारे अन्तरक्रिया
ADVERTISEMENT

नेपालगन्ज, ११ फागुन : बाँके जिल्लामा १ लाख ६५ हजार बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाइँदैछ । यही फागुन १३ गतेदेखि दादुरा–रुबेला खोप अभियान सुरु हुन लागेको हो । 

स्वास्थ्य कार्यालय बाँकेद्धारा आज यहाँ आयोजित दादुरा–रुबेला खोप अभियानसम्बन्धि जिल्ला खोप समन्वय समितिका पदाधिकारी तथा संचारकर्मीहरुसंग अन्तरक्रियामा खोप अभियानको तयारीबारे जानकारी गराइएको हो । 

९ महिनादेखि १५ वर्ष उमेर समूहका १ लाख ६५ हजार ५६६ जना बालबालिकालाई दादुरा–रुबेला खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताउनुभयो । 

उहाँका अनुसार नौ महिनादेखि पाँच वर्ष मुनिका ४८ हजार आठ सय १ जना र पाँच वर्षदेखि १५ वर्ष मुनिका एक लाख १६ हजार सात सय ६५ जना बालबालिकालाई खोप लगाइनेछ । त्यसका लागि एक हजार दुई सय ९६ जना स्वास्थ्यकर्मी खटिनेछन् भने एक हजार दुई ७३ जना महिला स्वास्थ्य स्वयम्सेविकाहरु परिचालन हुनेछन् ।

त्यसैगरी चार सय ५ जना विद्यालय शिक्षकहरु पनि परिचालन गरिनेछ । यो अभियान फागुन ३० गतेसम्म चल्नेछ । बाँकेमा गत वर्ष दादुरा–रुबेलाका कारण एक बालिकाले ज्यान गुमाएका थिए भने सयौं बालबालिका संक्रमित भएका थिए ।

बाँकेको राप्तीसोनारीमा १८ हजार छ सय ६१ जना, कोहलपुर नगरपालिकामा २५ हजार सात सय १३ जना, बैजनाथ गाउँपालिकामा १९ हजार दुई २३ जना बालबालिकालाई दादुरा–रुबेला खोप दिने लक्ष्य छ । 

त्यसैगरी जानकी गाउँपालिकामा १८ हजार एक ४९, नेपालगन्ज उपमहानगरपालिकामा ४२ हजार दुई ७० जना, डुडुवा गाउँपालिकामा १३ हजार सात सय ५५ जना र नरैनापुर गाउँपालिकामा १३ हजार सात सय ७६ जना बालबालिकालाई यो अभियानमा समेट्ने लक्ष्य लिइएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन श्रेष्ठले बताउनुभयो । 

अन्र्तक्रियाको समपन गर्दै जिल्ला खोप समन्वय समिति एवम् जिल्ला समन्वय समिति बाँकेका प्रमुख ज्ञानेन्द्रकुमार चौधरीले लक्षित सबै बालबालिकाकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन आवहान गर्दै यो अभियानमा विशेष गरि बालबालिकाहरुका अभिभावकको भुमिका बढी रहेकाले रोगबाट बचाउन ध्यान दिनुपर्ने बताउनुभयो । 

उहाँले स्वास्थ्य जस्तो जटिल विषयमाथी खेलवाड तथा लापरवाही नगरी अहिले समयमै आफ्ना बालबालिकालाई खोप लगाई रोगबाट बचाउनुपर्नेमा जोड दिदै जिल्ला तहका सबै निकायलाई यो अभियानलाई सफल बनाउन आग्रह गर्नुभयो । 

कार्यक्रममा वरिष्ठ बालरोग विशेषज्ञ डा विनोद खेतान, डा पियुष कानोडिया, डा रोमा बोरा, भेरी अस्पताल नेपालगन्जका निमित्त सुपरिटेन्डट डा दिनेशकुमार चौधरीले दादुरा रुवेलाविरुद्धको अभियानलाई सफल बनाउन प्रतिबद्धता गर्नुभएको थियो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…