Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मेयर कपमा नेपालगञ्ज सेन्टजेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी च्याम्पियन

सम्वाददाता

सम्वाददाता

मेयर कपमा नेपालगञ्ज सेन्टजेभियर्स र नेपालगञ्ज मोडेल एकेडेमी च्याम्पियन
ADVERTISEMENT

नेपालगन्ज, २५ माघ : मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगितामा नेपालगञ्ज सेन्ट जेभियर्स स्कुल (छात्र) र नेपालगञ्ज मोडेल एकेडेमी (छात्रा) च्याम्पियन बनेका छन् ।

नेपालगञ्जमा बुधबार भएको फाइनल खेलमा नेपालगञ्ज सेन्ट जेभियर्सले नेपालगञ्ज मोडेल एकेडेमीलाई २–० ले पराजित गरेको छ । सेन्ट जेभियर्सको जीतमा सुमित थापाले ६०औं र ६७औं मिनेटमा गोल गरेका थिए । 

फाइनल खेलको म्यान अफ द म्याच समेत भएका सुमितलाई नेपालगञ्ज उप–महानगरपालिका उप–मेयर कमरुद्दिन राईले पुरस्कार प्रदान गर्नुभयो । 

यसैगरि छात्रा तर्फको फाइनलमा खेलमा नेपालगञ्ज मोडेल एकेडेमीले बाँके खजुराको मनकामना माविलाई २–० ले हराउँदै च्याम्पियन बनेको छ । नेपालगञ्ज मोडेल एकेडेमीको जीतमा तिलसरा बुढाले २०औं मिनेट र चमेली चौधरीले ५०औं मिनेटमा गोल गरेका थिए । 

फाइनल खेलमा वुमन अफ द म्याच नेपालगञ्ज मोडेल एकेडेमीकी तिलसरा बुढा हुन सफल भइन् । उनलाई युवा व्यवसायी ओम सप्लायर्सका प्रमुख बल बहादुर विष्ट (बबी) ले पुरस्कुत गर्नुभयो । 

नेपालगञ्ज उप–महानगरपालिका र बाँके जिल्ला फुटबल संघको सयुक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपालगञ्ज सेन्ट जेभियर्सका सुमित थापा र मनकामना मावि खजुराकी खेलाडी लक्ष्मी विक सर्वोत्कृष्ट खेलाडी घोषित भए । प्रतियोगितामा अनुशासित टिमको पुरस्कार जीवन ज्योती स्कुल कोहलपुरले प्राप्त गरेको छ । 

प्रतियोगिताका विजयी खेलाडीलाई नेपालगञ्ज उप–महानगरपालिका मेयर प्रशान्त विष्ट, उप–मेयर कमरुद्दिन राई, आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष एवम् एन्फा केन्द्रिय सदस्य भोजराज शाही, नेपालगञ्ज उप–महानगरपालिका वडा नम्बर १ अध्यक्ष एवम् प्रवक्ता प्रमोद रिजालले पुरस्कृत गुर्नभयो । 

धम्बोझीस्थित एन्फा ग्रासरुट फुटबल एकेडेमीमा ११ दिनसम्म चलेको प्रतियोगितामा बाँके जिल्लाका आठ स्थानीय तहका ३३ विद्यालयका छ सय भन्दा बढी खेलाडीको सहभागिता रहेको थियो । प्रतियोगितामा छात्रतर्फ २८ वटा र छात्रातर्फ ५ वटा स्कूलले भाग लिएका थिए । प्रतियोगिताको विजेताले २१ हजार र उपविजेता टिमले ११ हजार प्राप्त गरेको छ ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…