Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

रक्त संकलन घुम्ती बस सेवा सुरु

सम्वाददाता

सम्वाददाता

रक्त संकलन घुम्ती बस सेवा सुरु
ADVERTISEMENT

नेपालगन्ज,  १२ माघ : बाँकेमा रक्त संकलन घुम्ती बस सेवा सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी बाँके शाखाले आजदेखि रक्त संकलन घुम्ती बस सेवा संचालनमा ल्याएको छ । 

गैर आवासीय नेपाली संघ (एनआरएनए) ले लुम्बिनी प्रदेशका लागि रक्त संकलन बस सेवा आज यहाँ समारोहका बीच नेपाल रेडक्रस सोसाइटीलाई हस्तान्तरण गरेको हो । एनआरएनएका अध्यक्ष डा. बद्री केसीले रेडक्रस बाँके शाखाका सभापति गोवद्र्धनसिंह सम्झनालाई बसको चाँबी (साँचो) हस्तान्तरण गर्नुभएको थियो । 

बस सेवाको नेपालगन्ज उपमहानगरपालिकाका कार्यबाहक नगर प्रमुख कमरुद्दिन राई र डा. केसीले संयुक्तरुपमा शुभारम्भ गर्नुभयो । अत्याधुनिक सेवा सुविधासहितको वातानुकुलित बस सेवामा प्राविधिक टिम, रगत संकलन कक्ष, भण्डारण फ्रीज, आराम कक्षको व्यवस्था रहेको छ । 

ग्रामीण इलाकामा पुगेर रगत संकलन गर्न सहजता पुगोस् भन्ने मुख्य उद्देश्यका साथ अहिलेसम्म लुम्बिनीसहित पाँच प्रदेशमा रक्त संकलन घुम्ती बस हस्तान्तरण गरिसकेको एनआरएनएका उपाध्यक्ष रामशरण सिंखडाले बताउनुभयो । 

उहाँका अनुसार अब कर्णाली र गण्डकीमा बस हस्तान्तरण गरिने एनआरएनएले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका कार्यवहाक प्रमुख राईले सरकार पुग्न नसकेको ठाउँमा रेडक्रस पुगेको बताउँदै रक्त संकलन घुम्ती बस सेवाले मानवीय सेवामा अर्को आयाम थपिएको उल्लेख गर्नुभयो । 

उहाँले बस सेवा सुरु भएपछि ग्रामीण क्षेत्रमा पुगेर रगत संकलन गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो । एनआरएनएका अध्यक्ष डा. केसीले नेपालको विकास र समृद्धिका लागि एनआरएनले विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको बताउँदै लगानीमैत्री वातावरण बनाइदिन सरकारसंग आग्रह गर्नुभयो ।कार्यक्रममा गैर आवासीय नेपाली संघका सल्लाहकार टेकबहादुर कार्की, नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेश महासचिव नवराज ढुंगाना, रक्तदाता संस्थाका तर्फबाट जनमत अर्धसाप्ताहिकका पूर्णलाल चुके, रेडक्रस बाँकेकी उपसभापति शान्ति श्रेष्ठले बोल्नुभएको थियो । 
–––

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…