Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

खजुरा मेयर रनिङ शिल्डमा ज्ञानोदय, योगिनी र जनता  प्रथम

सम्वाददाता

सम्वाददाता

खजुरा मेयर रनिङ शिल्डमा ज्ञानोदय, योगिनी र जनता  प्रथम
ADVERTISEMENT

नेपालगन्ज, १० माघ । ज्ञानोदय नमुना मावि, योगिनी मावि र जनता नमुना माविले बाँकेको खजुरामा भएको पालिका स्तरीय छैठौं अन्तर विद्यालय मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगितामा प्रथम स्थान हासिल गरेका छन् । 

प्रतियोगिताको माध्यमिक तहमा ज्ञानोदय मावि ९ स्वर्ण पदक, ८ रजत र ४ कास्य सहित प्रथम हुँदा जनता मावि दोस्रो र जनसेवा मावि पुरैना गिजरा तेस्रो भएको छ । जनताले ६ स्वर्ण पदक, ९ रजत र ९ कास्य जित्यो । जनसेवाले ६ स्वर्ण, १ रजत र ६ कास्य हासिल गरेको थियो । 

माघ ७ देखि सुरु भएको प्रतियोगिताको निम्न माध्यमिक तहमा प्रथम भएको योगिनी माविले ३ स्वर्ण, दोस्रो भएको जनता मावि सन्तकुटीले २ स्वर्ण ३ रजत र १ कास्य तथा तेस्रो हुने जनता मावि बठवाले २ स्वर्ण पदक जितेको छैटौं मेयर रनिङ शिल्ड खेलकुद प्रतियोगिता २०८० को संयोजक माधव शर्माले बताउनु भयो ।

खजुरा गाउँपालिका वडा नम्बर २ स्थित शुक्र भलिबल रंगशालामा भएको प्रतियोगिता अन्तर्गत प्रावि तहमा प्रथम स्थान हासिल गरेको जनता मावि बठवाले २ स्वर्ण १ रजत, नेराआवि धौलागिरीले २ स्वर्ण १ कास्य र तेस्रो हुने जनसेवा मावि पुरैनाले १ स्वर्ण र १ कास्य जित्यो । प्रतियोगितामा मावि तहमा अनुशासित टिमको रुपमा जनता मावि सन्तकुटी, निमावि तहमा नेराआवि धौलागिरी र प्रावि तहमा लिटल हार्बर एकेडेमी हुन सफल भएको आयोजक खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि विष्टले बताउनुभयो ।

प्रतियोगिताको छात्र भलिबलमा आदर्श मावि डि गाउँ प्रथम, गुराँस चाइल्डहुड एकेडेमी दोस्रो र जनता मावि सन्तकुटी तेस्रो भए । छात्रा तर्फ जनता मावि सन्तकुटी पहिलो, ज्ञानोदय मावि खजुरा दोस्रो र आदर्श मावि डि गाउँ तेस्रो भए । एथ्लेटिक्स छात्र तर्फ ४ स्वर्ण, ३ रजत र २ कास्य सहित ज्ञानोदय मावि पहिलो, ३ स्वर्ण, २ रजत र ३ कास्य सहित आदर्श दोस्रो र २ स्वर्ण ३ रजत र ४ कास्य सहित जनता मावि सन्तकुटी तेस्रो भए ।

छात्रा एथ्लेटिक्समा ६ स्वर्ण, ६ कास्य सहित जनसेवा मावि पुरैना पहिलो, ४ स्वर्ण ४ रजत र २ कास्य सहित ज्ञानोदय दोस्रो र ३ स्वर्ण ६ रजत र २ कास्य सहित जनता मावि सन्तकुटी तेस्रो हुन सफल भएको छ । छात्र तर्फको कबड्डीमा जनता मावि बठवा पहिलो, नेरामावि गुदहाना दोस्रो, आदर्श मावि र जनता मावि तेस्रो भए । 

छात्रा कबड्डीमा ज्ञानोदय मावि पहिलो, जनसेवा मावि दोस्रो, नेरामावि मनकामना र जनता मावि तेस्रो भए । प्रतियोगिता अन्तर्गत एथ्लेटिक्समा जनता मावि सन्तकुटीका राहुल धौलाकोटी र ज्ञानोदयकी सरस्वती माहुत सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरु दुबैले समान २ स्वर्ण पदक जितेका थिए । 
कबड्डीमा जनता मावि बठवाका मो. मसउद खाँन र ज्ञानोदय मावि खजुराकी सुस्मा वादी सर्वोत्कृष्ट खेलाडी भए । भलिबलमा आदर्श माविका विकास विक र जनता मावि सन्तकुटीकी पुर्णिमा खत्री सर्वोत्कृष्ट भए । प्रतियोगितामा खजुरा गाउँपालिका भित्र रहेका निजी तथा संस्थापक गरी ७९ विद्यालयका १ हजार ३ सय ४ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

खजुरा गाउँपालिका खेलकुद विकास समिति बाँकेको आयोजना, जनता नमुना माध्यमिक विद्यालयको संचालन तथा व्यवस्थापनमा भैरहेको प्रतियोगितामा माध्यमिक तह, प्राथमिक तह र आधारभुत तह गरी तिन तहमा ४६ इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ । १५ लाख ५३ हजार ६ सय अनुमानित बजेट रहेको प्रतियोगिताको माध्यमिक र प्राथमिक तहमा प्रथम हुने विद्यालयले ३३ हजार, दोस्रो हुनेले २० हजार र तेस्रोले १४ हजार रुपैयाँ पुरस्कार पाउनेछ । भलिबल, कबड्डी र एथ्लेटिक्स तर्फ उत्कृष्ट छात्रा–छात्राले जनही ५ हजार १ सय रुपैयाँ पुरस्कार पाए ।

प्रतियोगिताका विजयी खेलाडीलाई खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुुफान र उपाध्यक्ष मन्जु मल्लले पुरस्कत गर्नु भएको थियो ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…