Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

भारतमा भएको अन्तरराष्ट्रिय तेक्वान्दोमा बाँकेका १२ खेलाडीलाई पदक

सम्वाददाता

सम्वाददाता

भारतमा भएको अन्तरराष्ट्रिय तेक्वान्दोमा बाँकेका १२ खेलाडीलाई पदक
ADVERTISEMENT

नेपालगन्ज ४ पुस । भारतको देहेरादुनमा भएको सातौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा बाँकेका १२ जना खेलाडीले पदक हात पार्न सफल भएका छन् ।

उत्तराखण्ड तेक्वान्दो एशोसिएसन तथा यूपी गुडबिल तेक्वान्दो एशोसिएसनको संयुक्त आयोजनामा गत डिसेम्बर १५ देखि १७ तरेखसम्म सञ्चालित नेपालका पाँच टोलीले सहभागिता जनाएका थिए । 

१२ वटा देशका खेलाडीले प्रतिस्पर्धा गरेकोमा बाँकेबाट सहभागी खेलाडीले विभिन्न उमेर तथा तौल समूहमा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएको प्रशिक्षक चन्द्र प्रकाश श्रेष्ठले बताउनुभयो । प्रशिक्षक श्रेष्ठ आफै पनि प्रतियोगितामा ५० बर्ष माथिको उमेर समूहमा प्रतिस्पर्धा गर्नुभएको थियो । उहाँले प्रथम स्थान हासिल गर्नुभयो । 

बाँकेमा विभिन्न उमेर तथा तौल समूहमा प्रतिस्पर्धा गर्नुभएका सागर धामी, विहान गोयल, अनुज गिरी, आभाष पराजुली, प्रिति विष्टले प्रथम स्थान हासिल गर्दै मेडल प्राप्त गर्नुभयो ।

 द्वितीय स्थान हासिल गर्दै मेडल प्राप्त गर्ने खेलाडीहरूमा तर्कराज देवकोटा, जुनु पासी, वियन्सा कक्षपति तथा तृतीय स्थान हासिल गर्नेमा युवराज सिंह ठकुरी, हरके सिंह पाण्डे, अभिनव चौधरी रहनुभएको छ । 

बाँकेबाट प्रशिक्षक श्रेष्ठको नेतृत्वमा १७ जना खेलाडी तथा कोच उमादेवी थापा, टिम मेनेजर प्रविण बहादुर ठकुल्ला, अन्तर्राष्ट्रिय रेफ्रि प्रकाश लामिछानेको टोली भारत पुगेको थियो ।

बाँकेबाट सहभागी भएर भारतमा तेक्वान्दोको अन्तर्राष्ट्रिय प्रतियोगितामा उल्लेख्य सफलता हासिल गर्न सफल भएका हुन । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…