Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

आँखा शिविरमा एक हजार चारसय लाभान्वित

सम्वाददाता

सम्वाददाता

आँखा शिविरमा एक हजार चारसय लाभान्वित
ADVERTISEMENT

नेपालगन्ज २२ मङ्सिर । बाँकेको राप्तीसोनारीमा सञ्चालित आँखा शिविरमा एक हजार चार सय जना लाभान्वित भएका छन् । गाउँपालिकाको चार वटा वडाका पाँच स्थानमा संचालित शिविरमा निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा चेकजाँच गरिएको हो । 

आँखा चेकजाँच गर्दा एक सय ४९ जनामा मोतिबिन्दु देखिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो । 

उहाँका अनुसार राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती–५, सिसहनिया दाङको प्राविधिक सहयोगमा राप्तीसोनारी गाउँपालिका वडा नं.२ कचनापुर स्वास्थ्य चौकी र वडा नं. ५ बिनौना स्वास्थ्य चौकीमा गरिएको निःशुल्क मोतिबिन्दु छनौट तथा आँखा शिविरमा मात्रै चार सय ७९ जनाले सेवा लिएका छन । 

स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीका अनुसार वडा नं.२ मा दुई सय ४७ जनाको आँखा चेकजाँच गर्दा ३८ जनामा मोतिबिन्दुको समस्या देखिएको छ । ४३ जनालाई ल्याव सेवा प्रदान गरिएको छ । 

यसैगरी बिनौना स्वास्थ्य चौकीमा गरिएको शिविरमा दुई सय ३२ जनाको आँखा चेकजाँच गरिएको छ । ती मध्ये ३० जनामा मोतिविन्दुको समस्या देखिएको स्वास्थ्य शाखा प्रमुख केसीले बताउनुभयो ।

२९ जनालाई चश्मा सहायता पर्ने अवस्था देखिएका बिरामी समेत फेला परेका छन् । पहिलो दिन वडा नं. ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा पाँच सय २५ जनाको आँखा चेकजाँच गरिएको छ । जस मध्ये ७० जनामा मोतिबिन्दुको समस्या देखिएको थियो । 

वडा नं. ८ पेरानी आधारभूत स्वास्थ्य केन्द्रमा दुई सय ४५ जनाको आँखा जाँच गरिएकोमा ४३ जनामा मोतिबिन्दु देखिएको छ । वडा नं. ९ को महादेवपुरी स्वास्थ्य चौकीमा दुई सय ८० जनाको आँखा चेकजाँच गरिएकोमा २७ जनामा मोतीबिन्दुको समस्या देखिएको छ । 

आँखाको समस्याले पीडित बनेका पालिकाका स्थानीयवासीहरुलाई घरदैलोमै सेवा प्रवाह गर्ने उद्देश्यले शिविर गरिएको राप्तीसोनारी गाउँपालिका अध्यक्ष तप्तबहादुर पौडेलले बताउनुभयो । 
––––
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…