Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

आँखा शिविरमा ५२५ जनाको आँखा जाँच

सम्वाददाता

सम्वाददाता

आँखा शिविरमा ५२५ जनाको आँखा जाँच
ADVERTISEMENT

नेपालगन्ज २२ मसिर । बाँकेको राप्तीसोनारी गाउँपालिकामा आँखाका बिरामीका लागि सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ जनाको आँखा जाँच गरिएको छ  । जाँच गर्दा ७० जनामा मोतीबिन्दु रोग देखिएको छ ।

राप्तीसोनारी गाउँपालिकाको आयोजना र तिलगङ्गा आँखा प्रतिष्ठान, तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङको प्राविधिक सहयोगमा बुधबार सञ्चालन गरिएको निःशुल्क मोतीबिन्दु छनौट तथा आँखा शिविरमा ५२५ को आँखा जाँच गरिएको र तीमध्ये ७० जनामा मोतीबिन्दु रोग देखिएको स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले जानकारी दिनुभयो ।

बुधबार वडा ८ को पेरानी आधारभूत स्वास्थ्य सेवा केन्द्र तथा वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा सञ्चालन गरिएको शिविरमा ५ सय २५ जना नागरिकको आँखा जाँच गरिएको छ । जसमध्ये ७० जनामा मोतीबिन्दु रोग पत्ता लागेको छ । 

वडा ८ पेरानी आधारभूत स्वास्थ्य केन्द्रमा २ सय ४५ जनाको आँखा जाँच गरिएको र जसमध्ये ४३ जनामा मोतीबिन्दु देखिएको स्वास्थ्य शाखाका कर्मचारी सुरेशकुमार शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार वडा ९ को महादेवपुरी स्वास्थ्य चौकीमा २ सय ८० जनाको आँखा जाँच गरिएकोमा २७ जनामा मोतीबिन्दु देखिएको छ ।

शिविरमा रोग पत्तालागि छनौट भएका मोतीबिन्दुका बिरामीलाई तिलगङ्गा सर्जिकल आँखा केन्द्र राप्ती –५, सिसहनिया दाङ लगेर निःशुल्क रूपमै त्यस्ता बिरामीको शल्यक्रिया गरी उपचार गरिने गाउँपालिकाले जनाएको छ ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…