Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

कुर्मी सहयोगी हातद्धारा ४५ जनाद्धारा रक्तदान

सम्वाददाता

सम्वाददाता

कुर्मी सहयोगी हातद्धारा ४५ जनाद्धारा रक्तदान
ADVERTISEMENT

नेपालगन्ज १७ मंसिर । नेपालगन्जमा वर्मा (कुर्मी) सहयोगी हात, बाँकेद्वारा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ महिला सहित ४५ जनाले रक्तदान गरेका छन् ।

नेपालगन्ज उप–महानगरपालिकाका मेयर प्रशान्त बिष्टको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वर्मा (कुर्मी) सहयोगी हात, बाँकेका संयोजक डा. कौशल कुमार वर्मा, बिशिष्ट अतिथि डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरीले प्राविधिक महेश राना क्षेत्रीलाई संयुक्त रुपमा रक्तदान संकलन गर्ने पाकेट हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । 

 नेपालगन्ज–६ स्थित फत्तेवाल आँखा अस्पताल नेपालगन्जको प्राङ्गणमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २ जना महिला र ४३ जना पुरुष गरी ४५ जनाले रक्तदान गरेका छन् ।

रक्तदान कार्यक्रमका संयोजक धर्मराज वर्माका अनुसार मन मोहन वर्माद्वारा सञ्चालित कार्यक्रममा रक्तदान गर्नेहरुमा जानकी गाउँपालिका वार्ड नं.–५ का पूर्ववडाध्यक्ष रमेश कुमार वर्मा, राजन वर्मा, सर्वेश कुमार मिश्र, डा. सत्य प्रकाश वर्मा, रमेश खटिक, डा. राहुल वर्मा, मनोज चौधरी, बिद्याराम यादव, शोभाराम वर्मा, बीरेन्द्र कुमार वर्मा, सुनील वर्मा, रबि शंकर वर्मा, नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका उपाध्यक्ष मन बहादुर केसी, सञ्जय वर्मा, असरफ धनकुट्टा, बर्दिया ठाकुरबाबा नगरपालिका वार्ड नं.–२ भुरीगाउँकी पूर्णकला उपाध्याय, कविराम वर्मा, देवाशिष वर्मा, ममता तमोली, जोगराज वर्मा, प्रशान्त वर्मा, दिलिप वर्मा, जय किसन वर्मा, नीरज कुमार साहू, राहुल वर्मा, मेघनाथ कुर्मी (चौधरी),  मिथलेश कुमार वर्मा, मनोज कुमार चौधरी, दीपराज ठाकुर, सुनील वर्मा, रामनाथ वर्मा, बिर्जू प्रसाद वर्मा, पवन कुमार बिश्वकर्मा, अनिल कुमार वर्मा, धर्मराज वर्मा, जगतराम वर्मा, पुस्तक वर्मा, अवधेश वर्मा, दिलिप वर्मा, नरेन्द्र वर्मा, मनिष कुमार वर्मा, बीरेन्द्र कुमार चौधरी, सुभाष सोनखर, मानव सोनखर, बेद प्रकाश वर्मा लगायत ४५ जनाले रक्तदान गर्नु भएको छ ।

यसरी सो रक्तदान कार्यक्रममा नेपाल स्वयंसेवी रक्तदाता समाज बाँकेका कोषाध्यक्ष मन मोहन वर्मा, सल्लाहकार द्वय समाजसेवी माधवराम वर्मा, पवन जायसवाल, गैर सरकारी संस्था नेपाल बाँकेका सचिव आशीष वर्मा, नेपाल टेलिभिजन कोहलपुरका प्रमसख बिजय वर्मा, बिराट वर्मा, जानकी गाउँपालिका वार्ड नं.–३ का वडाध्यक्ष राज कुमार वर्मा, लगायतको सहभागिता रहेको थियो । 

वर्मा(कुर्मी) सहयोगी हात, बाँकेका सदस्य सुशील वर्माले स्वागत मन्तव्य गर्नुभएको थियो, बिशिष्ट अतिथि डुडुवागाउँपालिका अध्यक्ष नरेन्द्र चौधरी, नेपालगन्ज उप–महानगरपालिका वार्ड नं.–१८ का वडाध्यक्ष दिपक कुमार वर्मा, वार्ड नं.–६ का वडाध्यक्ष समीर प्रताप सिंह, प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी लगायतले आ–आफना बिचार राख्नुभएको थियो । 

सो कार्यक्रममा वर्मा(कुर्मी) सहयोगी हात, बाँके नेपालगन्जले व्यवस्था गरेको सम्मानमा रक्तदाताहरुलाई गम्छा र प्रमाण–पत्र, बिशिष्ट अतिथि, अतिथि, वर्मा (कुर्मी) सहयोगी हात, बाँकेका संयोजक डा. कौशल कुमार वर्मा लगायतले वितरण गर्नुभएको थियो ।

नेपाल रेडक्रस सोसाइटी बाँके शाखाद्वारा संचालित प्रादेशिक रक्त संचार सेवा केन्द्रका प्रमुख उपेन्द्र रेग्मी, सोम प्रकाश सापकोटा, सन्दिप आचार्य, महेश राना क्षेत्री, प्रशान्त तिवारी, गुन्जा कनौजिया, केशर सिंह डाँगी र बीरेन्द्र योगी लगायतले प्राविधिकमा सहयोग गर्नु भएको थियो ।

यस अघि २०७८ साल जेष्ठ १५ गते शनिवार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । 
 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…