Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

राप्तीसोनारीमा ग्रामीण आँखा केन्द्र संचालनमा आउने

सम्वाददाता

सम्वाददाता

राप्तीसोनारीमा ग्रामीण आँखा केन्द्र संचालनमा आउने
ADVERTISEMENT

नेपालगन्ज १४ मसिंर । बाँकेको राप्तीसोनारी गाउँपालिकामा ग्रामीण आँखा केन्द्र संचालनमा आउने भएको छ । राप्तीसोनारी गाउँपालिका र नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठानबीच आँखा केन्द्र संचालन गर्ने सम्झौता भएसँगै राप्तीसोनारी गाउँपालिका–४ बैजापुरमा आँखा केन्द्र संचालनमा आउने भएको हो ।

आँखा केन्द्र स्थापनाको लागि नेपाल आँखा कार्यक्रम–तिलगंगा आँखा प्रतिष्ठान तथा स्थानीयतह बीच पाँच वर्षका लागि सम्झौता भएको हो ।

गाउँपालिकाका तर्फबाट पालिका अध्यक्ष तप्तबहादुर पौडेल र प्रतिष्ठानका तर्फबाट परियोजना व्यवस्थापक रवि गौतमले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । राप्तीसोनारी अस्पतालबाटै सेवा प्रवाह गर्ने गरी केन्द्र संचालनमा ल्याउन लागिएको पालिकाका अध्यक्ष पौडेलले बताउनुभयो ।

उहाँले एक महिनाभित्रै आँखा उपचार सेवा दिने गरी पालिकाले प्रक्रिया अगाडि बढाइसकेको जानकारी पनि दिनुभयो । एक जना नेत्र सहायक र एक जना कार्यालय सहयोगी गरी दुई जना कर्मचारी केन्द्रमा हुनेछन् ।

त्यसका लागि विज्ञापन खोल्ने तयारी पालिकाले गरेको छ । पहिलो वर्ष प्रतिष्ठान र पालिकाले उनीहरुको तलवभत्ता ५०–५० प्रतिशत वेहोर्ने सहमति भएको छ । त्यसपछि भने पालिकाले क्रमशः बढाउँदै लैजाने र तीन वर्षपछि केन्द्रका सबै कर्मचारीको सम्पूर्ण तलव पालिकाले वेहोर्नु पर्नेछ ।

जनताको पहुँचमा पुग्न सक्ने गरी एकीकृत रुपमा आँखा स्वास्थ्य सेवा संचालन गर्ने उद्देश्यका साथ केन्द्र संचालनमा ल्याउन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश देवकोटाले बताउनुभयो ।

आँखा केन्द्र पालिकाको स्वास्थ्य शाखाको एकिकृत स्वास्थ्य सेवाको अंगको रुपमा रहने पालिकाका स्वास्थ्य शाखा प्रमुख देवेन्द्र केसीले बताउनुभयो । केन्द्र स्थापनाको लागि आवश्यक उपकरणहरु तिलगंगा आँखा प्रतिष्ठानले खरिद गरेर केन्द्रको नाममा हस्तान्तरण हुने गरी सम्झौता भएको पनि उहाँले बताउनुभयो ।

सबै जनताको पहुँचमा गुणस्तरीय आँखा स्वास्थ्य सेवा प्रदान गर्ने, आँखा केन्द्रमा पहिचान भएका मोतिविन्दुका विरामीहरुको लगत राखी तिलगंगा आँखा प्रतिष्ठानसँग समन्वय गरि शल्यक्रिया शिविरमा प्रेषण गर्ने, आँखा स्वास्थ्य कार्यक्रमलाई प्रवर्द्धन गर्न निरन्तर रुपमा समुदायको सहभागिता र सहकार्यलाई ग्राहयता दिइने, आँखा स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रमहरु केन्द्रबाट सञ्चालन गरिने पनि केसीले बताउनुभयो ।

केन्द्रबाट बिरामीको दृष्टि तथा चश्मा जाँच, विरामीको आँखा सम्बन्धी रोगहरुको परीक्षण तथा उपचार, आँखाको सामान्य शल्यक्रिया, सर्वसुलभ मुल्यमा औषधी तथा चश्माको बिक्री वितरण, आँखा रोग सम्बन्धी आकस्मिक सेवा प्रवाह हुनेछ ।

स्वास्थ्य सेवामा स्थानीयको पहुँच बढाउनेगरी पालिकाले स्वास्थ्य सेवालाई विस्तार गर्दै आएको अध्यक्ष पौडेलले बताउनुभयो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…