Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नरैनापुर मलेरियाको उच्च जोखिममा

सम्वाददाता

सम्वाददाता

नरैनापुर मलेरियाको उच्च जोखिममा
ADVERTISEMENT

नेपालगन्ज १४ कात्तिक । बाँकेको नरैनापुर गाउँपालिका मलेरियाको उच्च जोखिममा रहेको छ । सिमा क्षेत्रसंग जोडिएको पालिकाका स्थानीयहरु भारतमा आउजाउ बढी हुनेभएकोले मलेरियाको उच्च जोखिममा परेको हो । 

गाउँपालिकाका अनुसार भारतमा मलेरिया लागेका व्यक्ति सिधै नरैनापुरमा आउने भएकाले पनि मलेरियाको उच्च जोखिममा नरैनापुरलाई राखिएको छ । गत आर्थिक वर्षमा त्यहाँ १०२ जनामा मलेरिया पुष्टि भएको थियो ।

नरैनापुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नगेन्द्रकुमार साहले गत आर्थिक वर्षमा चार हजार ३८४ जनाको मलेरिया जाँच गर्दा १०२ जनामा मलेरिया पुष्टि भएकाले जोखिम बाँकी नै रहेको पुष्टि भएको बताउनुभयो । 

स्वास्थ्य शाखा प्रमुख साहका अनुसार अघिल्लो आव २०७÷०७९ मा दुई हजार ६७५ जनाको औलो जाँच गर्दा ८९ र आव २०७७÷०७८ मा एक हजार ५५८ जनाको जाँच गर्दा ३५ जनामा मलेरिया पुष्टि भएको थियो । मलेरियाका कारण कसैको मृत्यु नभएको पनि स्वास्थ्य शाखाले जनाएको छ । 

नरैनापुर गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद साहले खुला सिमाना र निर्बाध ओहोरदोहोरका कारण गाउँपालिका मलेरियाको उच्च जोखिममा परेकाले सतर्कता अपनाएर जोखिम घटाउने प्रयास भइरहेको बताउनुभयो । 

उहाँले गत केही वर्ष यता गाउँपालिकामा हरेक वर्ष लगातार मलेरियाका बिरामी भेटिने गरेकाले चेकजाँच बढाउनुका साथै जनचेतना वृद्धि गर्ने कार्य पनि गरिरहेको बताउनुभयो । 

भारतबाट फर्किनेबाट मलेरिया पनि भित्रिने आशङ्का रहेकाले नेपालगन्जको मुख्य जमुनाहा नाकामा पनि निरन्तर मलेरिया जाँच भइरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 

सो कार्यालयका अनुसार कोरोना परीक्षणका लागि नाकामा स्थापना गरिएको हेल्थडेस्कले कोरोनासँगै मलेरिया पनि नियमित परीक्षण गर्दैआएको छ । भारतबाट फर्किनेमा फाटफुट मलेरिया देखिनेगरेको जमुनाहा नाकास्थित हेल्थ डेस्कले जनाएको छ ।
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…