Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

नेपालगन्जमा क्रिकेट मैदानको अभाव

सम्वाददाता

सम्वाददाता

नेपालगन्जमा क्रिकेट मैदानको अभाव
ADVERTISEMENT

पश्चिम क्षेत्रकै प्रमुख केन्द्रको रुपमा रहेको नेपालगन्जमा खेल गतिबिधि बिस्तारै ओरालो लाग्दै गएको छ । बिशेष गरि क्रिकेट खेलको लागि मैदान नहँुदा औपचारिक खेलको कुरा छोडौ खेलाडीहरुलाई अभ्यास गर्ने ठाउँको अभाव रहेको छ । 

नेपालगन्जमा क्रिकेट मैदानको अभावमा खेल गतिबिधि न्युन हुने गरेको छ । क्रिकेट मैदान कै अभावमा खेलाडीहरु राम्रोसंग खेल अभ्यास गर्न सकेका छैनन्, भने ठुला तथा साना औपचारिक खेल समेत हुन नसकेको खेलाडीहरुको गुनासो छ । 

नेपालगन्जमा क्रिकेटका लागि खेल मैदान नहुँदा खेल खेल्न तथा अभ्यास गर्न समस्या रहेको बाँके क्रिकेट टिमका क्याप्टेन सिद्धान्त राज शाहीले बताउनुभयो । 

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–६ फुल्टेक्रा तालमा क्रिकेट स्टेडियम बनाउने स्थानीय सरकारको योजना रहेको छ । तर तालमा स्थानियको अवरोधका कारण अदालतमा मुद्धा समेत परेको थियो । 

केही समय अगाडी अदालतले उक्त मुद्धाको सुनवाई गर्दै सो स्थानमा क्रिकेट स्टेडियम लगायत्को संरचना बनाउनका लागि केन्द्रिय सरकारसंग अनुमति लिनु पर्ने निर्णय भए पनि प्रक्रिया भने अगाडी बढ्न नसकेको नेपालगन्जका मेयर प्रशान्त बिष्टले बताउनुभयो । 

मेयर विष्टका अनुसार एघारा बिगहा क्षेत्रफल रहेको फुल्टेक्रा तालको चार बिगहा पाँच कट्ठा, १८ धुरमा क्रिकेट स्टेडियम, तीन कट्ठामा वडा कार्यालय, तीन बिगहामा मुस्लिम समुदायको कर्वाला, दुई बिगहा तीन कट्ठा १० धुरमा हिन्दुहरुको मिर्छुवा पुजन, १९ कट्ठा १५ धुरमा पाकिङ्ग र १५ कट्ठामा आवात जावत्का लागि बाटो निर्माण हुने सर्बदलिय सहमति भएको छ । 

उक्त तालको जग्गा संरक्षण गर्नका लागि वरीपरि तारवार भएको छ । निर्धरित संरचना बनाउनका लागि सबै सरोकारवाला निकायसंग समन्वय गरेर निर्माण गर्न योजना रहेको नेपालगन्ज उपमहानगरपालिकाले जनाएको छ । 

नेपालगन्जमा क्रिकेट मैदान नहुँदा मंगलप्रसाद माध्यमिक बिद्यालयको मैदानलाई खेलाडीहरुले प्रयोग गर्दै आए पनि उक्त मैदानमा क्रिकेट खेल्दा बिद्यार्थीहरुको पठनपाठनमा प्रत्यक्ष रुपमा असर पर्ने भएकाले उक्त मैदानमा खेल खेल्न अवरोध हुदै आएको छ । 

उक्त समस्या समाधनका लागि खेलाडीहरुसंग छलफल भैरहेको र केही समयमा टोली बनाएर केन्द्रिय सरकारसंग पहल गर्न जाने मेयर विष्टले बताउनुभयो । 

खेलक्षेत्रलाई माथि उकास्न सरोकारवाला निकायले स्थानीयहरुसंग समान्वय गरी क्रिकेट स्टेडियम निर्माणका लागि केन्द्रिय सरकारसंग यथाशिघ्र पहल गर्नु पर्ने जरुरी छ । अनि मात्रै नेपालगन्जमा क्रिकेट खेलले गतिलिने राष्ट्रिय बोडीविल्डर शुरेस श्रेष्ठले बताउनुभयो । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

बाँकेमा राष्ट्रिय पौडी प्रतियोगिता हुँदै

कोहलपुर २४ बैशाख । बाँकेमा आगामी २६ वैशाखमा अन्तरविद्यालय स्तरीय राष्ट्रिय पौडी प्रति…

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टनमा ओली र पुनको जोडी पहिलो

नेपालगन्ज :प्रथम खुल्ला धम्बोझी ब्याडमिन्टन प्रतियोगिताअन्तर्गत पुरुष बी लेभलमा बिजन ओली…

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्जमा सहिद स्मृतिमा योग भवन र खुला जिम उद्घाटन हुँदै

नेपालगन्ज, वैशाख १८ नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को कार्यालयले जेन जि आन्दोल…

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

योगिनी गोल्ड कप उपाधिका लागि सितापुर युनाइटेड र राईजिङ स्टार भिड्ने

बाँके, चैत २८ । सितापुर युनाइटेड र राईजिङ स्टार क्लब दोस्रो योगिनी गोल्ड कप फुटबल प्…