Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

मानब बेचविखनको जोखिममा परेका २८८ को उद्धार

डेक्स

डेक्स

मानब बेचविखनको जोखिममा परेका २८८ को उद्धार
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेको  विभिन्न नाकाबाट शान्ति पुनः स्थापना गृहले २८८ मानब बेचविखनको जोखिममा परेका युवती र महिलाको उद्धार गरेको छ । 
तीमध्ये सबैभन्दा बढी जमुनाहा नाकाबाट २३३, जानकीको शिवपुरी नाकाबाट २२, डडुवाको खडैचा नाकाबाट १२, नरैनापुरको सुइया नाकाबाट ४ र कोहलपुर बसपार्कबाट १७ जानको उद्धार भएको शान्ति पुनः स्थापना गृहले जनाएको छ । उद्धार गरिएकामध्ये बाँकेका ५८ र बर्दियाका ४२ सहित अन्य जिल्लाका समेत रहेको गृहका क्षेत्रीय कार्यक्रम संयोजक निर्मल सुवेदीले जानकारी दिनुभयो ।  अहिलेसम्म जिल्लाका सबै नाकाबाट ४० हजार ५४६ जनालाई सूचना तथा परामर्श दिएको छ । 
सुवेदीका अनुसार अनुसार एक बर्षको अवधीमा अहिलेसम्म मानब बेचविखन तथा ओसारपसार सम्वन्धी घटना दर्ता चार रहेको छ । सो घटना दर्ता पनि सबै नाकाको हो । 
‘खुल्ला सीमा भएका कारण पनि मानबबेचविखन जस्तो अपराध रोकथामको चुनौती छ र यसको सांगठनिक रुपमा वृद्धि भएको देखिन्छ’ उहाँले भन्नुभयो । अधिकांस उद्धार भएका कर्णाली प्रदेशका धेरै रहेको बताइएको छ । 
गरिवीका कारण पनि अवसर खोज्दा दलालको चंगुलमा फस्ने खतरा देखिएको उल्लेख गर्दै संयोजक सुवेदीले युवतीको शरिरको नाप गरेर पुजा गर्ने बहानामा पनि मानब बेचविखनको जोखिम रहेको बताउनुभयो । सबैभन्दा बढी मानबबेचविखनको जोखिममा रहेका उमेर समूह १८ देखि २५ सम्मको उमेर समूहलाई मानिएको छ । 
शान्ति पुनःस्थापना गृह, बाँकेकी संयोजक सिर्जना गौतमले नयाँ नयाँ ढंगले मानव बेचविखनको प्रयास हुने गरेको जानकारी दिनुभयो । आर्थिक बर्ष २०७९।०८० मा भारतबाट उद्धार गरिएकाको संख्या २२ रहेको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

योगा डान्समा ख्याती कमाउदै बाँकेका गिरी

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिका१९, सुर्जिगाउँ एकतानगरका ५५ वर्षीय श्याम गिरी अह…

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

महाहानिरीक्षक कार्कीद्धारा गुरुकुलमा खाद्यान्न वितरण

कपिलवस्तु । नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले संस्कार, संस्कृति र सभ्यताको…

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

मदिरा सेवन गरि पुरुषले गर्छन 'महिला हिंसा'

नेपालगन्ज, १३ असोज । मदिरा सेवन गरि श्रीमानले आफ्नै श्रीमतीलाई कुटपिट गरि हिंसा पिड…