Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

एक वर्षमा १७ हजार बढी युनिट रगत वितरण

डेक्स

डेक्स

एक वर्षमा १७ हजार बढी युनिट रगत वितरण
ADVERTISEMENT

प्रहलाद विश्वकर्मा, नेपालगंज ।

“सुलभ, गुणस्तरीय र मर्यादित सेवा, नेपालको रक्तसंचार सेवा” भन्ने मुल नाराका साथ ५८औं रक्तसंचार सेवा दिवस नेपालगंजमा मनाइएको छ । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसंचार केन्द्रद्वारा सेवा प्रवाह सम्बन्धी जानकारी तथा खुला रक्तदान कार्यक्रमको आयोजना गरि दिवस मनाइएको हो । 

आर्थिक वर्ष २०७९÷२०८० मा १३ हजार ३ सय ७४ संकलन र १७ हजार ९ सय १५ युनिट रगत वितरण भएको छ । यसैगरी ४ हजार २८ युनिट रक्ततत्व निर्माण र १२४ पटक घुम्ती रक्तसंकलन शिविर संचालन भएको कुरा रक्तसंचार सेवाका बरिष्ठ प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले जानकारी दिनु भएको छ । 

नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले नेपालगंज क्षेत्र मेडिकल हबको रुपमा विकास हुँदै गइरहेकोले दिन प्रति दिन रगतको माँग बृद्धि भएको बताउनु भयो । मानवीय कार्यमा सहयोग गर्ने स्वयंसेवी र संस्थागत रक्तदाताहरुलाई धन्यवाद व्यक्त गर्नु भयो ।  

नेरेसो रक्तसंचार व्यवस्थापन समितिका संयोजक राजकुमार वर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मन्त्री अजीज अहमद सिद्दिकी, कोषाध्यक्ष राकेशबहादुुर श्रीवास्तव, सदस्य नरेन्द्रकुमार पौडेल, मीनबहादुर मल्ल, सरिता ज्ञवाली, जिल्ला र उपशाखा कार्यसमिति पदाधिकारी एवं सदस्य, शाखाका उपनिर्देशक दोलखबहादुर डाँगी लगायत कर्मचारीहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन जनसम्र्पक अधिकृत सरिता सिंहले गर्नु भएको थियो ।

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…