Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

लुम्बिनीमा मातृ मृत्यु दर उच्च

सम्वाददाता

सम्वाददाता

लुम्बिनीमा मातृ मृत्यु दर उच्च
ADVERTISEMENT

बुटवल । संघीयता लागु भएपछि तीन तहका सरकारले  नै स्वास्थ्यलाई उच्च प्राथमिकता राख्दै नीति तथा कार्यक्रम तय गर्दै आएका छन् । तर विज्ञहरू मातृ मृत्युदर चुनौतीपूर्ण भएको बताउनछन । 
पछिल्लो सरकारी तथ्याङ्कले देशका ७ प्रदेशमध्ये लुम्बिनीमा सबैभन्दा धेरै मातृ मृत्युदर देखाएको छ । स्वास्थ्य कार्यालय रुपन्देहीका सूचना अधिकृत भेषराज शर्माका अनुसार १० महिनामा प्रतिलाख गर्भवती÷सुत्केरी आमामा २ सय ७ जनाको मृत्यु लुम्बिनी प्रदेशमा भएको छ ।

नेपालभर प्रतिलाख सुत्केरी÷गर्भवती आमाहरूमा जम्मा १ सय ५१ जनाको मृत्यु भएकोमा लुम्बिनी प्रदेशमा प्रतिलाखमा २ सय ७ जना आमाहरूको मृत्यु हुने गरेको हो ।

सबैभन्दा कम बागमती प्रदेशमा प्रतिलाखमा ९८ मातृ मृत्युदर छ भने सुदूरपश्चिममा १ सय ३०, कर्णालीमा १ सय ७२, गण्डकीमा १ सय ६१, मधेसमा १ सय ४०, कोशीमा १ सय ५७ छ ।

सरकारले मातृ मृत्युदर घटाउन विभिन्न कार्यक्रम ल्याए पनि प्रभावकारी नभएको वरिष्ठ स्त्रीरोग विशेषज्ञ सतिष रुपाखेतीले बताउनुभयो । उहाँले तीन तहका सरकारले गरेका काम र लुम्बिनी प्रदेशका १०९ स्थानीय तहका स्वास्थ्य प्रमुखलाई यो रेकर्डले गिज्याएको बताउनुभयो ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। पुष्पराज पौडेलले मन्त्रालयले मातृ मृत्युदर कमी ल्याउन विभिन्न काम गरेको जिकिर गर्दै पछिल्ला वर्षमा अवस्था धेरै सुधार भएको बताउनुभयो ।

स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख डा गौरव ढकालले  जिल्लामा विगतको तुलनामा केही सुधार आए पनि समस्या धेरै गम्भीर रहेको बताउनुभयो ।

गर्भावस्थामा अनिवार्य रूपमा ४ पटकसम्म चेकजाँच गर्नुपर्ने भए पनि धेरैले यसलाई बेवास्ता गर्दै आएको उहाँको जिकिर छ । सुत्केरी भएपछि पनि कम्तीमा ३ पटक आमा र बच्चाको स्वास्थ्य परीक्षण गर्नुपर्ने हुन्छ । तर यसको पूर्ण रूपमा पालन गर्ने सुत्केरी आमाहरू जम्मा ७९ प्रतिशतमात्रै रहेको सरकारी तथ्याङ्क छ ।

वरिष्ठ स्त्रीरोग विशेषज्ञ सतिष रुपाखेतीका अनुसार महिलाको मृत्यु गर्भवती अवस्थामा, सुत्केरी हुने अवस्था र सुत्केरीपछि ४२ दिन भित्र हुने गरेको पाइन्छ । यस्तै गर्भावस्थालाई सामान्य रूपमा लिएर नियमित रूपमा औषधि सेवनदेखि चेकजाँच नगर्ने परिपाटीको कारण महिलाको मृत्यु हुने गरेको उहाँको भनाइ छ ।

लुम्बिनी प्रदेशमा गर्भपतन गराउने महिलाहरूको संख्या समेत बढ्दै गएको छ । सरकारी तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷०७८ मा लुम्बिनी प्रदेशमा कुल १७ हजार ४ सय ९७ जनाले गर्भपतन गराएका थिए । यस्तै २०७८÷०७९ मा १८ हजार ४ सय १५ जनाले र २०७९÷०८० को १० महिनामा १४ हजार ३ सय २० जनाले गर्भपतन गराएको पाइएको छ ।

ओएनएमएस सर्वेक्षण अनुसार गत आर्थिक वर्ष २०७९÷८० का कुल गर्भपतन गराएका महिलामध्ये २० प्रतिशत लुम्बिनी प्रदेशका मात्रै छन् । प्रदेशमा कुल गर्भपतन गराउने महिलामध्ये ६ प्रतिशतभन्दा बढी २० वर्षभन्दा कम उमेरका छन् । 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…