Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँके पूर्ण खोप सुनिश्चित घोषणा

डेक्स

डेक्स

बाँके पूर्ण खोप सुनिश्चित घोषणा
ADVERTISEMENT

नेपालगन्ज । बाँके जिल्लालाई आज पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले आज जिल्लालाई लुम्बिनी प्रदेशको पहिलो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्नुभयो । 

जिल्लाका आठ  स्थानीय तहलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएपपछि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । 
खोपै नलगाएका २ सय ९० बालबालिका र नियमित तथा पूर्ण खोप नलगाएका १ हजार ५ सय १७ जना बालबालिकालाई खोप लगाइसकेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले बताउनुभयो । जन्मेदेखि ५९ महिनासम्मका सबै बालबालिकाले उमेर अनुसार पाउनुपर्ने १४ प्रकारका रोग विरुद्धको खोप पाइसकेकाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो ।  माघदेखि घरधुरी सर्वेक्षण सुरुवात भई खोज र खोप अभियान संचालन गरिएको थियो । 

डुडुवालाई बैशाख ८, जानकीलाई जेठ २१, खजुरालाई २५, कोहलपुरलाई २६, बैजनाथलाई २९, नरैनापुरलाई ३१, नेपालगन्जलाई ३२ र राप्तीसोनारीलाई असार ३ गते पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको थियो । बाँके २०७७ चैत्र ६ गते पूर्ण खोप जिल्ला घोषणा भएको थियो । सो अवसरमा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री राजु खनालले अहिले सरुवा रोगको महामारी भन्दा पनि नसर्ने रोगको महामारी चुनौती बनेर आएको बताउनुभयो । 

मन्त्री खनालले खोपको सुरुवातसंगै महामारी रोग नियन्त्रणमा रहेको बताउनुभयो   । कुनै बेला महामारीकै कारण मानिसहरुको ज्यान जाने गरेका घटनाहरु सुन्दै आइएको स्मरण गर्दै उहाँले अहिले खोपको प्रभावकारितासंगै त्यसयता महामारीका रोग नियन्त्रणमा रहेको बताउनुभयो । अहिले नसर्ने रोगको महामारी देखिएको छ । यसबारेमा जनचेतनामूलक कार्यक्रम गर्न आवश्यक देखिएको छु उहाँले भन्नुभयो प्रदेश सरकारले सीमित स्रोत साधनका बीच पनि नसर्ने रोग नियन्त्रणमा बजेटको ब्यबस्था गरेको छ ।

उहाँले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रको सुधारमा सकारात्मक कामको थालनी गरेको बताउनुभयो । उहाँले निश्चित बजेट र सीमित स्रोत साधनका बीच पनि प्रदेश सरकारले स्वास्थ्य सेवालाई प्रभावकारी गराउने  उल्लेख गर्नुभयो। 

लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले कुनै पनि बालबालिका खोपबाट वंचित नहोस् भन्ने सवालमा सबै गम्भीर हुनुपर्ने बताउनुभयो । उहाँले नेपाल सरकारले तोकेका खोपहरु लक्षित बालबालिका सबैले पाउनुपर्ने बताउनुभयो । 

लुम्बिनी प्रदेशसभाका अर्का सदस्य बादशाह कुर्मीले रोगबाट सुरक्षित हुन खोप जरुरी रहेको बताउनुभयो  । 
कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्रालयका सचिब डा जनार्दन पन्थी, लुम्बिनी प्रदेशका स्वास्थ्य निर्देशनालयका निर्देशक डा। बिनोद गिरी, नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट, बैजनाथ गाउँपालिकाका उपाध्यक्ष निर्मला रोकाय, खजुरा गाउँपालिकाको तर्फबाट खजुरा गाउँपालिका(२ का वडा अध्यक्ष धनराम वली, बर्दिया स्वास्थ्य कार्यालय प्रमुख गोकर्ण गिरी, स्वास्थ्य स्वयंसेविका नारायणी रुपाखेती लगायतले बोल्नुभएको थियो । 

जिल्ला खोप समन्वय समितिका संयोजक ज्ञानेन्द्रकुमार चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रमुख सुनिता पौडेलले प्रगति विवरण प्रश्तुत गर्नुभएको थियो ।  स्वास्थ्य कार्यालय, बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठले कार्यक्रमको संचालन गर्नुभएको थियो । 

पूर्ण खोप घोषणा प्रतिवेदनको पूर्ण पाठ 

ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

सबै

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

यो पनि

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

शिक्षक शिक्षिकासंग क्षयरोग निवारण सम्बन्धी अभिमुखीकरण

प्रहलाद विश्वकर्मा, नेपालगन्ज १२ जेष्ठनेपाल क्षयरोग निवारण संस्था बाँके शाखाको आयोजनाम…

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा गाउँपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

डुडुवा (बाँके) ३ जेठ । बाँके डुडुवा गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोप…

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

अन्र्तराष्ट्रिय नर्सिंङ्ग दिवस मनाइयो

पवन जायसवाल नेपालगन्ज २९ बैशाख । सुशील प्रखर क्यान्सर अस्पताल खजुरामा बिभिन्न कार्यक्रम…

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

राजापुर र ठाकुरबाबाका युवा महिलालाई पशुपालन सम्बन्धि सीप विकास तालिम

बर्दिया, २९ वैशाख। बाँके युनेस्को क्लबले बर्दियामा सुँगुर, बाख्रा तथा लोकल कुखुरा पा…