Pairabi logo

जेठ २२, २०८३, शुक्रबार                    

बाँकेका ३५ अतिरिक्त र चार इलाका हुलाक बन्द हुँदै

डेक्स

डेक्स

बाँकेका ३५ अतिरिक्त र चार इलाका हुलाक बन्द हुँदै
ADVERTISEMENT

नेपालगञ्ज ।  बाँकेमा रहेका ३५ अतिरिक्त हुलाक कार्यालय र चार इलाका हुलाक कार्यालय यही साउनबाट बन्द हुने भएका छन । जिल्लामा ११ इलाका हुलाक कार्यालय भएकोमा एक स्थानीय तहमा एक इलाका हुलाक रहने र नेपालगन्जमा जिल्ला हुलाक कार्यालय भएकोले अन्य बन्द हुने जिल्ला हुलाक कार्यालय, बाँकेले जनाएको छ । 
नेपाल सरकारले प्रश्तुत गरेको बजेटमा अतिरिक्त हुलाक कार्यालय खारेज गर्ने निर्णयसँग जिल्लामा रहेका अतिरिक्त र इलाका हुलाक कार्यालय बन्द हुन लागेको हो । 
जिल्लाको नरैनापुर, कोहलपुर नगरपालिका,राप्तीसोनारी गाउँपालिका, खजुरा गाउँपालिका लगायतका सबै स्थानीय तहमा अतिरिक्त हुलाक कार्यालय र इलाका हुलाक कार्यालय रहेका थिए । ती कार्यालयबाट हुलाकमार्फत आउने चिट्ठीपत्र गाउँघरमा लैजाने काम भएको थियो तर पछिल्लो समय प्रविधिमा भएको विकासले ती काम विरलै हुँदै आएको थियो । 
‘सरकारले औचित्य नदेखेर नै ती कार्यालय बन्द हुन लागेका हुन’ जिल्ला हुलाक कार्यालय, बाँकेका प्रमुख गोविन्द पाण्डले भन्नुभयो । उहाँले एक स्थानीय तहमा एक इलाका हुलाक रहने प्रवन्ध भएको समेत जानकारी दिनुभयो । 
 वि.स ३०३४ सालदेखि अतिरिक्त हुलाक कार्यालयको सुरुवात भएको थियो । जिल्लामा करिव १०० कर्मचारी रहेका थिए । साउनबाट उनीहरुलाई सेवा, सुविधा दिएर घर पठाउने सरकारको योजना रहेको छ । 
त्यसै गरी हुलाक सेवा विभागले द्रुत हवाई डाँक सेवा सुरु गरेको सेवाग्राहीलाई जानकारी गराएको छ । नीजि क्षेत्रका अन्य प्रतिष्पर्धी सेवाको तुलनामा उक्त सेवा सस्तो र भरपर्दो रहेकाले त्यसको प्रयोग गर्न हुलाक कार्यालयले आग्रह गरेको छ । 
‘हुलाक सेवा अब नयाँ र सुधारिएको अवस्थामा प्रश्तुत हुने छ’जिल्ला हुलाक कार्यालय, बाँकेका प्रमुख पाण्डले भन्नुभयो । 
हुलाक सेवा विभागले नेपालगन्जमा बैङ्क तथा प्रशासन शाखामा कार्यरत कर्मचारीलाई डाँक सेवाका बारेमा जानकारी दिएको थियो । अन्य नीजि क्षेत्रबाट डुकुमेन्ट पठाउदा रु. १०० देखि १५० खर्च लाग्छ भने हुलाकबाट पठाउँदा रु. ७० खर्च लाग्ने बताइएको छ । 
 
ताजा

सबै

बाँकेमा हिट एक्सन डे मनाइयो

प्रहलाद विश्वकर्मा, नेपालगंज १९ जेष्ठ, नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको आयोज…

मानव बेचबिखन नियन्त्रण र बाल अधिकार समितिको समीक्षा तथा कार्ययोजना तर्जुमा

बर्दिया, जेठ १९ । बाँके युनेस्को क्लब तथा प्लान इन्टरनेसनल नेपालको संयुक्त आयोजनामा स्…

बर्दियाका तीन पालिककालाई विपद् जोखिम न्यूनीकरण सामग्री हस्तान्तरण

बर्दिया, १९ जेठ । बाँके युनेस्को क्लबले बर्दियाको मधुवन र गुलरिया नगरपालिका तथा बढै…

शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण तालिम

मधुवन, बर्दिया। बाँके युनेस्को क्लबको आयोजना, प्लान इन्टरनेशनल नेपालको साझेदारी तथा …

लोकप्रिय

यो पनि

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

डिजिटल सशक्तिकरण सम्बन्धी तीन दिने तालिम

बर्दिया ६ जेठ । बाँके युनेस्को क्लब र प्लान इन्टरनेशनल नेपालको आयोजनामा सुरक्षा परियो…

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता सम्बन्धि अभिमुखीकारण सुरु

नेपालगन्ज, जेठ १ । नेपालगन्जमा आजदेखि संचारकर्मीहरुका लागि कृत्रिम बुद्धिमत्ता ९एआई० …

डिजिटल साक्षरताको आवश्यकता बढदो

डिजिटल साक्षरताको आवश्यकता बढदो

नेपालगन्ज १७, चैत । वर्तमान अवस्थामा डिजिटल साक्षरताको आवश्यकता बढदै गएको एक कार्यक्रम…

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

राससद्धारा निर्वाचन आचारसंहितामा संचार बारे अन्र्तक्रिया

नेपालगन्ज । निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र पारदर्शी बनाउन सञ्चारमाध्यमले आचारसंहिता पा…